सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कारवाहीमा पर्ने भए क्राँगेस नेतासँग खसी माग्ने डीएसपी शाही

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाल तरूण दलका नेता केशर खड्कासँग खसी मागेको आरोपमा डीएसपी शाहीमाथि विभागीय कारबाही गर्न छानविन समितिले सिफारिस गरेको छ ।

नेपाली काँग्रेसको भ्रातृ संगठन तरूण दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले प्रहरी आचरण विपरित खसी मागेको ठहरीय पछी विभागीय कारबाही गर्न छानबिन समितिले सिफारिस गरेको हो।

आईतबार प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीको सहभागितामा बसेको छानविन समितिको बैठकले ५ नम्बर प्रदेश प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहलाई प्रतिवेदन बुझाउँदै डीएसपी शाहीलाई कारबाहीको सिफारिस गरेको हो ।

प्रहरी आचरणमा विभागीय कारबाही अन्तर्गत सचेत गराउने, नसियत दिने, ग्रेड रोक्का, बढुवा रोक्का तथा कसूर हेरेर एक तहसम्म घटुवा गर्न सकिने व्यवस्था छ । डीएसपी शाहीलाई कसूर हेरेर कारबाही गरिने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एनआरएनए उपाध्यक्षमा खगेन्द्र न्यौपानेले गरे उम्मेदवारी घोषणा

क्रिकेटमा विश्व किर्तिमान कायम गरेकामा पुर्ब राजाद्वारा खुसी ब्यक्त

मणिपाल अस्पतालमा तोडफोड गरेको आरोपमा थप ७ जना पक्राउ

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता (फोटोफिचर)

कतार भ्रमण सकेर राजेन्द्र लिङदेन स्वदेश फर्किए

बजार अनुगमन थप प्रभावकारी बनाउनुस्: कार्यवाहक प्रधानमन्त्री खड्का

ल्हासाबाट छेन्दु पुगे प्रधानमन्त्री प्रचण्ड

नेपाल आउँदै एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट

उपेन्द्र यादव लागे अमेरिका

प्रधानमन्त्री प्रचण्ड ङारीबाट छन्दु प्रस्थान गर्दै

एमाले कोशी प्रदेशको उदघाटन आज, ओलीले सम्बोधन गर्ने

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित