सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बाजुरामा फ्रेस रगत दिंदै, विरामीहरूको ज्यान बचाउँदै नेपाली सेना

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बाजुराको बुढिनन्दा नगरपालिका वडा न. -१० निवासी १४ वर्षिया तारा थापा सोमवार विहान अत्याधिक रक्तस्रावले अस्पतालको बेडमा छट्पटाई रहेकी थिईन् ।

सोमबार विहान एक्कासी जिल्ला अस्पताल मार्तडीबाट फोन आयो, एक किशोरी अत्याधिक रक्क्त स्रावले छट्पटाई रहेकी छन् सर तपाईसँग कोही ब्लड ग्रुप मिल्ने आर्मी भए सहयोग गर्नु न ! हत्तपत्त मैले ब्लड ग्रुप मिल्ले स्टाफ छनौट गरें । ब्लड ग्रुप मिल्ले सिपाही अहिमान सिंह नेपालीले र अमल्दार रेकम विसीले एक -एक पिन्ट ब्लड दिएर आए ।

फेरी फोन आयो हिमाली गाउँपालिका वडा नं ३ की धनकला गुरुङ्गलाई अत्यधिक रक्तश्रावले छट्पटाएकी छिन्, ब्लड ग्रुप मिल्ने भए सहयोग गर्नुपर्यो । समरजित गुल्मबाट हुद्धा सुकमान घ्लानले एक पिन्ट ब्लड दिएर आए ।

फेरी फोन आयो समरजित गुल्मका सहायक पण्डित हुद्धा तिलकराम पंगेनीले एक पिन्ट ब्लड दिए । दुईदिनमा चार सैनिकले रक्तदान गरेका छन्, सायद दुबै विरामीको ज्यान बच्न सक्छ, समरजित गुल्मका गुल्मपति रबिन श्रेष्ठले बताए ।

केहीदिन अगाडि बुढिनन्दा नगरपालिका वडानं. ३ की तीस वर्षीया जावा दमाईलाई गुल्मपति श्रेष्ठ स्वयंले ए पोजेटिभ समुहको रक्त दानगरी उनको ज्यान बचाएका थिए । गत साउन देखि आज सम्म ६ जना ब्लड कमी भएका विरामीलाई आर्मीको रक्तदान सहयोगबाट विरामीलाई सहयोग गर्न पाईयो, खुशी छु गुल्मपति श्रेष्ठले भने ।

सामान्यतया बाजुराका सर्वसाधारणहरु भने ब्लड डोनेशन गर्न मान्दा रहेनछन् । ब्लड चाहिपछि नेपाल आर्मी, नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई गुर्हाछन् । मानवीय दृष्टीले सहयोग गरिहेका छौं गुल्मपति श्रेष्ठले जानकारी दिए ।

बाजुरामा बिशेषगरी रक्त अल्पत्ता, ब्लड क्यान्सर ,घाउ चोटपटक, गर्वाअवस्थामा अत्यधिक रक्तश्राव, महिनावारीमा बढी रक्तश्रावका विरामी आउँछन् । तर सर्वसाधारणलाई रक्तदान गर्नुपर्छ भन्ने जानकारी छैन जिल्ला अस्पाताल बाजुराका डाक्टर रोहित गिरीले बताए ।

समामान्यतया ९० देखि देखि १२० दिनसम्म राता रक्तकोषहरुको आयु हुन्छ । त्यसपछि रगत दिएपनि नदिएपनि राता रक्तकोषहरु मरेर जाने भएकाले रगत दान गर्नु रक्तदान गर्ने ब्यक्तीका लागि समेत स्वस्थकर हुने कुरा डाक्टर रोहितले बताए ।

गत साउन देखि हाल सम्म २५ पिन्ट भन्दा बढि तत्काल रगत संकलन गरेर विरामीको ज्यान वचाएको नेपाल रेडक्रस जिल्ला शाखा बाजुराका ल्याब असिष्टेन्ट जगतवहादुर शाहीले बताए । हामीसँग ब्लड बैंक छैन ।

मान्छे बोलाएर रगत ग्रुपिङ्ग र म्याचिङ्ग गर्दा कम्तीमा एक घण्टा लाग्छ । सामाजिक विकास मन्त्रालयले एउटा फ्रिज उपलब्ध गराएको छ । त्योपनि ईन्सटल गर्ने प्राविधिक नआएर प्रयोग विहिन छ । फ्रिज जडान भए कम्तीमा ३५ दिनसम्म ब्लड राख्न सकिन्थ्यो अशिष्टेन्ट शाहीले बताए ।

नेपाल रेडक्रस सोसाइटी बाजुरा शाखामा ब्लड बैंकको उपर्युक्त ब्यबस्थापन हुन नसक्दा जिल्ला अस्पतालमा आईरहने यस्ता विरामीहरुको ज्यान बचाउनका लागि नेपाली सेनाको हालसम्म प्रयाप्त सहयोग रहेको कुरा जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बनेको तीन महिनामै सडक भत्किएपछि…

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

राष्ट्रिय सभा बैठक सर्‍यो

गरिबीले उमेर नपुग्दै विहे, सबै विहे सरोकारवालाले गराए बदर

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

सर्लाहीको मलंगवामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै