काठमाण्डौँः नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २९६ जना निको भएका छन् । यो संगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । आज पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।
अहिले सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको छ ।
नेपालमा हालसम्म २० लाख ६० हजार ८६० जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ७९१ जनाको परीक्षण गरिएको हो ।