सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आयल निगमको ट्याङ्कर बेपत्ता प्रकरणः चार सदस्यीय छानबिन समिति गठन

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल आयल निगमले डिजेल लोड भएको हराएको ट्याङ्कर खोजीको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

निगमले तीन दिनदेखी आयल निगमको लोडेड ट्याङ्कर खोज्न प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट यही मङ्सिर १ गते अपराह्न २ बजे २० हजार डिजल लोड गरेर १ नं प्रादेशिक कार्यालय विराटनगर प्रस्थान गरेको ना४ख ४१६३ नम्बरको ट्याङ्कर सोही दिन राति सिरहाबाट बेपत्ता भएको थियो ।

सिरहाको लहानस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत हुलाक कार्यालय अगाडि पार्किङ गरी विश्राम गरेको अवस्थामा मध्यरातमा अन्दाजी आठ जनाको समूहले चालक र सहचालकको आँखामा पट्टी लगाई बर्दिबास र लालबन्दीको बीचको जङ्गलमा छाडेका थिए ।

निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा सम्झौता भई सञ्चालनमा आएको सो ट्याङ्कर अज्ञात समूहले नै चलाएर लगेको प्रारम्भिक अनुमान गरिएको निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कांग्रेस प्रतिवेदनमा सञ्चार क्षेत्रका विषय नसमेटिनु दुःखद्ः अध्यक्ष लम्साल

प्रधान सेनापतिद्वारा थापालाई दर्ज्यानी चिह्न प्रदान

दिगो विकाससम्बन्धी ११औँ एसिया प्रशान्त मञ्चको अध्यक्षमा नेपाल निर्वाचित

२८ जिल्लाका मिटरब्याज र लघुवित्त पीडितहरू न्याय खोज्न काठमाडौं आउँदै

मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेश

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डिका भट्ट नियुक्त

अभ्यास शान्ति प्रयासको चौथो संस्करण सञ्चालनको तयारी पुरा

बलम्बु प्रहरी प्रभागमा गोली चल्दा इन्स्पेक्टरका बडिगार्ड घाइते

‘रुसी सेनामा भर्ती भएर भागे ४० जना नेपाली जंगलमा अलपत्र, ९४ जनाको मृत्यु’

काठमाडौं-तराई द्रुतमार्ग : ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

निषेधित क्षेत्रको अवधि बढाइयो

भारतमा चुनावअघि कर विभागद्वारा विपक्षी दलको रकम रोक्का