सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिविको परिक्षा नियन्त्रण कार्यालयबाटै स्नातक तहको नक्कली प्रमाणपत्र जारी

२०७६ मंग्सिर ३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः त्रिभुवन विश्वविद्यालय मातहतको परिक्षण नियन्त्रण कार्यालयबाटै मानविकी विषयमा स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी भएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट त्रिविका तत्कालीन परिक्षा प्रशासन महाशाखा प्रमुख वैकुण्ठप्रसाद थपलियाले स्नातक तहको नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र जारी गरेको पाइएको हो ।

अख्तियारका अनुसार थपलियाले गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक वासुदेव पोखरेललाई स्नातक तहको नक्कली प्रमाणपत्र बनाइदिएका हुन् । पोखरेलले उक्त नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा गोरखापत्र संस्थानमा सेवा प्रवेश गर्नुका साथै बढुवा समेत भएका थिए ।

पोखरेलको शैक्षिक प्रमाणपत्रको छानबिनका क्रममा त्रिविबाट जारी उनको स्नातक तहको लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र नक्कली भएको फेला परेको अख्तियारले जनाएको छ ।

थपलियाले नक्कली शैक्षिक प्रमाणपत्र जारी गरेको र गोरखापत्र संस्थानका तत्कालीन उपसम्पादक पोखरेलले त्यसैका आधारमा सेवा प्रवेश गरी बढुवा समेत भएका छानबिनबाट पुष्टि भएकाले दुवै जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

थपलियाले गलत मनसायका साथ नक्कली लब्धांकपत्र र चारित्रिक प्रमाणपत्र प्रमाणीकरण गरेको समेत अख्तियारले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण

स्कुल बस निर्देशिका कार्यान्वयन गर्न निर्देशन

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई नतिजा हेर्ने प्रक्रिया सार्वजनिक

त्रिभुवन विश्वविद्यालय पनिकाको आधिकारिक फेसबुक पेज सार्वजनिक

सिक्दै, कमाउँदै मङ्गला माविका विद्यार्थी

चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने

उपकुलपतिका लागि दरखास्त आह्वान

काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपतिमा ऋषिकेश वाग्लेलाई जिम्मेवारी

बहुप्राविधिक शिक्षालयमा निर्धारित कोटाभन्दा कम विद्यार्थी भर्ना