काठमाण्डौः नेपाल समाजवादी काँग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचनको विरोध गर्दै पर्चा वितरण शुरू गरेको छ ।
संघियता र धर्मनिरपेक्षताको कट्टर बिरोधी समाजबादी काँग्रेसले संवैधानिक प्रजातन्त्र, हिन्दु राज्य, समाजबादी अर्थ निति अङ्गिकार गरी स्थापना यताका सबै चुनाव (स्थानीय, प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन) को पनि बिरोध गर्दै आईरहेको थियो ।
सो पार्टीले आईतबार र सोमबार काठमाडौंका विभिन्न स्थानमा पर्चा बाड्दै यही मंसिर १४ मा हुने उपनिर्वाचन बहिष्कार गर्न आव्हान गरेको छ । सो पार्टीले वितरण गरेको पर्चामा ‘संघीयबादी चुनाव धोखा हो’ भनेको छ ।
काठमाण्डौं लगायत उपत्यकाका विभिन्न स्थानमा छरिएको पर्चामा ‘असंवैधानिक नागरिकता खारेजी, क्षेत्रीय विस्तारवादको विरोध’ जस्ता नारा उल्लेख गरिएको छ ।
वर्तमान सरकारले जनताका आधारभूत आवश्यकता समेत पूरा नगरी भ्रष्टचारमा लिप्त बनिरहेका कारण त्यसको विरोध जनाउँदै पर्चा वितरण गरिएको समाजवादी कांग्रेसका सचिव मानबहादुर गुरुङले हरियाली अनलाइनलाइ बताए ।
संघियताले भूगोल र समाजलाइ विखण्डन गर्ने भन्दै सो पार्टीले ०७२ को संविधानलाइ धोका हो भन्दै विभिन्न ६ दलिय मोर्चा बनाइ संयुक्त आन्दोलन गर्दै आइरहेको छ ।
