सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काँग्रेस नेता र सांसद बीच सडकमै मुक्कामुक्की, घाईते भोला कलवार थप उपचारको लागि काठमाण्डौ रिफर

२०७६ मंग्सिर ४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेस पर्साका समानुपातिक प्रदेश सांसद ओमप्रकाश शर्मा र वीरगञ्ज महानगरपालिका नगर इकाइ अध्यक्ष भोला कलवारबीच बुधबार बिहान कुटाकुट भएको छ ।

नेपाली काँग्रेसका प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा र वीरगञ्ज नगर सभापति भोला कलवारबीच वीरगञ्ज नगर सभागृह (टाउन हल) सम्बन्धित विषयलाई लिएर विवाद हुँदा बुधबार बिहान दुवै नेता विच वीरगञ्जको सार्वजनिकस्थल बिच सडकमै कुटाकुट भएको हो ।

बुधवार बिहान साँढे सात बजे मर्निङ्ग वाक सकेर बिरगञ्ज महानगरपालिका-१० आदर्शनगर स्थित बब्लु चिया पसल अगाडि जम्काभेट भएका उनीहरूबिच सडक वारिपारि बसेर एक अर्कालाई गालिगलौज गर्दै शुरू भएको भनाभन कुटाकुटमा परिणत भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुई नेता काँग्रेसभित्रको समीकरणमा शेरबहादुर देउवा समुहका हुन् । ओम प्रकाश शर्माले आफूहरूबीच कटाकुट भएको स्वीकार गरेका छन् ।

वीरगंज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका शर्मा र टाउन हलका संचालक समेत रहेका कलवारको स्वास्थ्यमा समस्या देखिए पछि नारायणी अस्पतालको इमर्जेन्सी वर्डमा भर्ना भएका थिए ।

उपचार पछि प्रदेश सांसद शर्मा घर फर्के पनि कलवार पहिला देखी नै ब्लडप्रेसरका बिरामी रहेकाले उनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ ।

नगर सभापति भोलाको नाकबाट रगत बगिरहेकाले उपचारको क्रममा काठमाण्डाैं रिफर भएका छन् ।

दुबै जना विच एक बर्ष पहिला देखीनै टाउन हलको बिषयमा विवाद हुदै आएको थियो । सोही विवादले उग्र रुप लिँदा दुबै नेता विच कुटाकुट भएको कांँग्रेस निकट स्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै

कार्यान्वयन हुने किसिमका नीति तथा कार्यक्रम ल्याउन सुझाव

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

युवा, श्रम तथा रोजगार मन्त्रालय मातहतका कर्मचारीका लागि नयाँ आचारसंहिता लागू

महाकाली पुल निर्माण विवादः पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

इरानमा पक्राउ परेका झा थुनामा, निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी

दुग्ध विकास संस्थानको क्षमता विस्तारका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव

राष्ट्रिय आर्थिक गणनाः करिब ८७ प्रतिशत सम्पन्न

रिट दर्तासम्बन्धी आदेशको विषय संसद्मा प्रवेश

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

पूर्वाधार विकास र बजेट कार्यान्वयन प्रभावकारी बनाउन सांसदहरूको जोड