काठमाण्डौ: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक प्रधानमन्त्री निवाश बालुवाटारमा शुरू भएको छ ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलिको अध्यक्षतामा बालुवाटारमा बुधबार मध्यान्ह शुरू भएको बैठकमा मन्त्रीमण्डल हेरफेर लगायतका बिषयमा पार्टीको आधिकारिक धारणा तय गर्ने बताइएको छ ।
सचिवालय बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव बिष्णु पौडेल, नेताहरू माधव कुमार नेपाल, बामदेब गौतम, गृहमन्त्री राम बहादुर थापा, प्रबक्ता नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको छ ।
