
काठमाण्डौं: सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतीय अतिक्रमणको बिरोधमा राजधानीमा प्रदर्शन गरेको छ ।
जनगणतान्त्रिक मोर्चाले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता गर्नुपर्ने लगायतका विभिन्न माग गर्दै बिरोध प्रदर्शन कार्यक्रम गरेको हो ।
बुधबार राजधानीको शान्तिबाटिकास्थित रत्नपार्कमा भेला भएका उनीहरूले राष्ट्रिय स्वाधिनतको रक्षा गरौ, सम्पुर्ण देशक्त नेपालीहरु एकजुट हौं भन्दै लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत क्षेत्रको माग गर्दै बिरोधमा उत्रिएका हुन् ।
सो र्यालिमा देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सिपि गजुरेल लगायतका मोर्चाका नेताहरूको उपस्थितीमा राष्ट्रिय स्वाधिनतको रक्षा गरौ भन्दै व्यानर र हातमा कालो झण्डा सहित बिरोधमा उत्रीएका छन् ।