
काठमाण्डौ: उच्च अदालतको न्यायाधीशमा न्यायपरिषद्ले १५ जनाको नाम सिफारिस गरेको छ ।
बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा बसेको न्यायपरिषद्को बैठकले १५ न्यायाधीशको नाम सिफारिस गरेको हो ।
जिल्ला न्यायाधीश, सरकारी वकिल र नेपाल बारबाट सिफारिस हुनेमा रहेका छ्न् ।
उच्च अदालतको न्यायाधीशमा जिल्ला न्यायाधीशहरु किरणकुमार पोखरेल, मुरारीबाबु श्रेष्ठ, सुदर्शनराज पाण्डे, दिपेन्द्र अधिकारी, रमेशराज पोखरेल, नरिश्वर भण्डारी सिफारिस भएका छन् ।
त्यस्तै गिताप्रसाद तिम्सिना न्याय सेवाको प्रथम श्रेणीको अधिकृत मध्येबाट न्यायाधीसको सिफारिसमा परेका छन् ।
अधिवक्ताबाट भने मिलनकुमार राई उच्च अदालत दिपायल, राजुराम सिलवाल, उच्च अदालत विराटनगर, मेरिना श्रेष्ठ उच्च अदालत तुलसीपुर, मिना गौतम सेढाँई उच्च अदालत पाटन र सोमकान्त मैनाली उच्च अदालत विराटनगर धनकुटा इजलाशका लागि ५ जना सिफारिस भएका छन् ।