सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यस्तो बन्दैछ मन्त्रीमण्डल हेरफेरपछिको नयाँ मन्त्रिपरिषद् (पूर्ण बिवरण सहित)

२०७६ मंग्सिर ४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद्को पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले नयाँ नियुक्त मन्त्रीहरुको सूची राष्ट्रपति कार्यालयमा पठाएका छन् ।

यो सँगै पुरानो मन्त्रिपरिषद्मा रहेका केही मन्त्रीहरु बाहिरीएका छन् भने केही नयाँ नियुक्त भएका छन् । केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद  कार्यालयका सहायक प्रवक्ता केशब प्रसाद घिमिरेले हस्ताक्षर गरेको उक्त पत्र राष्ट्रपति कार्यालयमा बुधबार साँझ दर्ता भएको हो ।

ढिलोगरी प्राप्त सूचना अनुसार उक्त कार्यालयमा बुझाइएको सूची औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवार हेरफेर गरिएको मन्त्रिहरूमा घनश्याम भुसाल कृषि मन्त्रालय, बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लेखराज भट्टलाइ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रामेश्वर राय यादवलाइ श्रम रोजगार तथा सामाजिक र पार्वत गुरुङलाई महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइने गरी राष्ट्रपति कार्यालयमा नाम पठाइएको छ ।

त्यस्तै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको मन्त्रालय खोसिएको छ । यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । त्यस्तै कानुनमन्त्री भानुभक्त ढकालको पनि मन्त्रालय खोसिएको छ । उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

उक्त पत्रमा सत्तारूढ सहयात्री दल समाजबादीका पार्टी अध्यक्ष समेत रहेका उपेन्द्र यादवले सम्हालेको स्वास्थ्य मन्त्रालय खोसेर कानुनमा लैजाने र स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवलाई समेत बर्खास्त गरेपछि समाजवादी पार्टी सरकारवाट बाहिरिने सम्भावना रहेको छ ।

यद्दपी यादव हाल भारतको नयाँदिल्लीमा रहेका छन् । सम्भवत यादव स्वदेश फर्के लगत्तै सरकारमै रहनेकी बाहिरिने भन्ने निर्णय लिने पार्टीको उच्च स्रोतले बताएको छ ।

यस्तो छ नयाँ मन्त्रिपरिषदको सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गणतन्त्रमा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक : राष्ट्रपति पौडेल

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

मौजुदा मन्त्रिपरिषद् नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनः गठन

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति