काठमाण्डौः प्रधानमन्त्री बस्दै आएको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रहेको भवन भत्काउन सुरू गरिएको छ ।
बुधबारदेखि पञ्चायतकालमा निर्माण गरिएको सो भवन पुरानो भएकाले नवनिर्माणका लागि भत्काउन शुरु गरिएको हो ।
नयाँ भवन तयारि नहुन्जेलसम्म प्रधानमन्त्री अस्थायी रुपमा हाल बसिरहेको निवासभित्रको दक्षिणतर्फको भवनमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।
कन्टेक प्रालिले भवन निर्माणको ठेक्का पाएको सो भवन शहरी विकास तथा भवन निर्माण विभागले बनाउने भएको हो ।
प्रधानमन्त्री आवास भवन निर्माणको नाम रहेको सो आयनेजनाको लागत रु ३३ करोड ८० लाख रहेको छ ।
गत भदौ १५ गतेदेखि भवन निर्माण शुरु भएको भवन निर्माणको कार्य २०७८ भदौ ११ गतेभित्र निर्माण गर्ने कम्पनिले जनाएको छ ।