सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारले ‘टुटल’ र ‘पठाओ’ लाई मोटरसाइकलमा यात्रु ओसारपसार गर्न रोक लगायो

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले मोटरसाइकल मार्फत सेवा दिँदै आएको ‘टुटल’ र ‘पठाओ’ लाई यात्रु ओसारपसारमा रोक लगाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै ‘टुटल’ र ‘पठाओ’ले एउटा प्रयोजनका लागि दर्ता गरेर अर्कै प्रयोजनमा प्रयोग प्रयोग गरेकोले कार्वाही स्वरूप यात्रु ओसारपसारमा रोक लगाएको जनाएको हो ।

विभागले मंगलबार जारी गरेको सूचनामा निजी प्रयोजनका लागि दर्ता भएका सवारीसाधनलाई सार्वजनिक यातायातका रुपमा प्रयोग गरेको पाइएमा कारबाही गर्ने उल्लेख छ । यद्दपी पठाओ र टुटलको नाम भने विभागले जारी गरेको सूचनामा लिएको छैन । उक्त सूचनामा भनिएको छ विभागले कानुन विरुद्ध जान कसैलाई पनि छुट नभएको जनाउँदै कानुनको उल्लङघन गरे कारबाही गर्ने जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ (२) मा निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने उल्लेख छ भने दफा १२ मा कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ ।

विभागले यसै नियमका आधारमा कारबाही गर्ने जनाएको हो । एक प्रयोजनको निम्ति दर्ता भएर अर्को प्रयोजन गरेको पाइए पाँचसय देखि दुई हजार रूपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । टुटल र पठाओ यातायात व्यवस्था विभागमा दर्ता छैनन् भने कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालन हुँदै आएका छन् । टुटल र पठाओमा करिब ५० हजार राइडर आवद्ध रहेका छन् ।

यसअघि पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले टुटल र पठाओमाथि रोक लगाएको थियो । त्यसको चौतर्फी विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि सेवा जारी राख्न निर्देशन दिएका थिए । उनले कानुनी मापदण्डमा ल्याएर सञ्चालन गर्न भन्दै तत्काल नरोकन निर्देशन दिएपछि टुटल र पठाओ सञ्चालन हुँदै आएका थिए ।

रातो प्लेटका सवारीसाधनले यात्रु ओसार्नु अवैधानिक हुने भएकाले कानुनी वैधता नपाएसम्म सञ्चालन गर्न नदिइने विभाग जनाउँछ  । विभागले मंगलबार सार्वजनिक सूचना जारी गरेर कारबाही गर्ने जनाए पनि बुधबार साँझसम्म पठाओ र टुटलले सेवा बन्द नगरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट