सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्काभेटर र जेसीबीका आधादर्जन साधनमा प्रेसरकुकर बम प्रहार

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: गएराती अज्ञात समुहले सिन्धुलीको दुधौलीमा स्काभेटर र जेसीबीमा प्रेसरकुकर बम आक्रमण गरेका छ्न् ।

सिन्धुलीको दुधौली नगरपालिका-१४ ककुरठाकुर भन्ने ईलाकामा आधा दर्जन बढी स्काभेटर र जेसीबीमा प्रेसरकुकर बम आक्रमण गरिएको स्थानियले बताएका छ्न् ।

ककुरठाकुरस्थित चुनढुङ्गा उत्खननमा मारुती सिमेन्ट उद्योगका लागि प्रयोग गरिरहेका ती ६ वटा स्काभेटर र जेसीबिमा अज्ञात समुहले बम आक्रमण गरेको प्रहरीले जनाएको छ।

सो आक्रमणमा १ स्काभेटर र १ जेसीबीमा पूर्णरुपमा क्षति पुगेको छ । अन्य स्काभेटर र एउटा जेसीबीको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) चक्रबहादुर सिंहले जनाकारी दिएका छ्न् ।

सिन्धुली र उदयपुर जिल्लाको सिमाना नजिकै रहेको झाँक्रीटारमा राती एकै ठाउँमा पार्किङ गरेर राखिएका ती साधनमा अज्ञात समुहले तीनवटा प्रेसर कुकर राखेका थिए।

प्रहरीका अनुसार एउटा बमले विस्फोट भएर क्षति पुर्याएको छ भने अन्य दुई प्रेसरकुकर बम स्काभेटर र जेसीबीमा नै रहेको बताईएको छ ।

त्यस स्थानमा बम निस्कृय पार्न नेपाली सेनाको टोलि त्यसतर्फ पठाउने तयारी भएको समेत प्रहरी प्रमुख सिंहले बताएका छ्न् ।

सिन्धुलीको दुधौली नगरपालिका १३ मा निर्माण व्यवसायी छेत्र बम्जनको स्काभेटरमा आगजनी भएको एक दिन नबित्दै सोही क्षेत्रमा निर्माण समाग्रीमाथि आक्रमण भएको हो ।

निर्माण व्यवसायी छेत्र बम्जनसँग प्रतिबन्धित नेकपा विप्लव कार्यकर्ताले एक करोड ५० लाख रुपैयाँ चन्दा माग गरिरहेका बेला स्काभेटर जलाएको घटनामा विप्लव कार्यकर्ताहरुकै संलग्नता भएको आशंका गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइतबार सार्वजनिक बिदा

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

मुख्यमन्त्रीलाई राउटेले भने- सरकारले हाम्रो जनतालाई दशैँ खर्च दिनु पर्‍यो

हुम्लामा कोदो महोत्सव हुने

जमुनाह नाकामा सुरक्षा सतर्कता

भरुवा बन्दुकसहित एकजना पक्राउ

सन्दर्भ विश्व शान्ति दिवस: देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

बाँकेमा कारागार जीर्णः क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षाको जोखिम

शे-फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा भेटिए

जनप्रतिनिधि थकित भए पछि मण्डनपुरमा आज सार्बजनिक बिदा

आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै