सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जिल्ला प्रशासन कार्यालय गोरखा गेटमा पुर्व प्रधानमन्त्री भट्टराईको धर्ना

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना सुरु भएको छ ।

बिहिबार गोरखाको आरुघाट, आर्खेत र धादिङको आरुघाट, बिशालनगर र खहरेस्थित जनप्रतिनिधि एवम् सरोकार समितिका प्रतिनिधि तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपस्थित बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै जिल्ला प्रशासन कार्यालय धर्ना सुरु गरेका हुन् ।

बिहिवार पुर्व प्रधानमन्त्रि डा. बाबुराम भट्टराई जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवदेन सार्वजनिक कार्यक्रममा सहभागी हुन गोरखा पुगेका थिए ।
गोरखा जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका हुन् ।

भट्टराई प्रशासन कार्यालयको गेटभित्र प्रवेश गर्ना साथै धर्नामा बसिरहेकाहरु व्यक्तिहरुलाई साथ दिन त्यही बसे केहिबेर पछी भित्तामा टाँगिएको व्यानर पढ्दै ‘तपाईंहरु सति जान तयार भए म पनि तयार नै छु,’ भन्दै पुन: ‘मुआब्जा त यसअघि नै तोक्ने भन्ने कुरा थियो फेरि के भएछ ?’ भन्ने प्रश्न गरेका थिए ।

पूर्व प्रधानमन्त्री सहभागि भर्नामा नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुरेन्द्र पाण्डे समेत सहभागी छन् ।

बुढिगण्डकी सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले प्रशासन कार्यालय अगाडी २ घण्टा धर्ना दिने भन्दै पूर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रबार धादिङको जिल्ला प्रशासन कार्यालमा धर्ना दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य