
काठमाण्डौं: बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना सुरु भएको छ ।
बिहिबार गोरखाको आरुघाट, आर्खेत र धादिङको आरुघाट, बिशालनगर र खहरेस्थित जनप्रतिनिधि एवम् सरोकार समितिका प्रतिनिधि तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपस्थित बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै जिल्ला प्रशासन कार्यालय धर्ना सुरु गरेका हुन् ।
बिहिवार पुर्व प्रधानमन्त्रि डा. बाबुराम भट्टराई जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवदेन सार्वजनिक कार्यक्रममा सहभागी हुन गोरखा पुगेका थिए ।
गोरखा जिल्ला प्रशासन कार्यालय अगाडी धर्नामा बसेका हुन् ।
भट्टराई प्रशासन कार्यालयको गेटभित्र प्रवेश गर्ना साथै धर्नामा बसिरहेकाहरु व्यक्तिहरुलाई साथ दिन त्यही बसे केहिबेर पछी भित्तामा टाँगिएको व्यानर पढ्दै ‘तपाईंहरु सति जान तयार भए म पनि तयार नै छु,’ भन्दै पुन: ‘मुआब्जा त यसअघि नै तोक्ने भन्ने कुरा थियो फेरि के भएछ ?’ भन्ने प्रश्न गरेका थिए ।
पूर्व प्रधानमन्त्री सहभागि भर्नामा नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुरेन्द्र पाण्डे समेत सहभागी छन् ।
बुढिगण्डकी सरोकार समिति गोरखाका अध्यक्ष जगन्नाथ खनालले प्रशासन कार्यालय अगाडी २ घण्टा धर्ना दिने भन्दै पूर्वनिर्धारित कार्यक्रम अनुसार शुक्रबार धादिङको जिल्ला प्रशासन कार्यालमा धर्ना दिने बताएका छन् ।