
काठमाण्डौ: नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले पदभार ग्रहण गरेका छन्।
भुसाललाई चक्रपाणि खनाले स्वागत गर्दै बिहीबार पदभार सुम्पिएका हुन् ।
सोही क्रममा नवनियुक्त मन्त्री भुषालले आफू लोभ र डरले प्रभावित नहुने बताएका छन् ।
सिंहदरबारमा मन्त्री भुसाल र खनाल पदभार ग्रहण गर्दै गर्दा खनालले अँगालो हाल्दै भने के होला भन्ने थियो, तपाईं आउनुभयो अलिकति खुसी भएँ, घनश्यामले खनाललाई भने म तपाईंका सफलताबाट सिक्छु र तपाईंका असफलताबाट पनि सिकेर अगाडी बढछु भने ।
त्यस्तै मन्त्री भुषालले आफू पदमा होउन्जेल लोभ र डरबाट प्रभावित नहुने समेत बताएका छन् ।