काठमाडौ: प्रतिबन्धित विप्लवको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सेती महाकाली ब्युरोले सिमानामा हुने भारतीय हस्तक्षेपका विरुद्धमा र राष्ट्रियताका लागि निरन्तर संघर्ष गर्ने निर्णय गरेको छ ।
अखिल (क्रान्तिकारी) सेती महाकाली क्षेत्रीय समन्वय समितिको हालै सम्पन्न भएको बैठकले गरेका निर्णयहरु प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गर्दै ब्युरो संयोजक विरेन्द्र शाहले यस्तो जानकारी गराएका हुन् ।
संगठनले कम्युनिस्ट विद्यार्थी अभियान-२, ९वटै जिल्लाहरूमा मंसिर मसान्तसम्म संचालन गरिने, शैक्षिक विकृति विसङ्गतिहरुको भन्डाफोर गर्दै सङ्गठनलाई सुदृढ र विस्तार गरिने, संयुक्त विद्यार्थी आन्दोलनको निर्माणका लागि अन्य विद्यार्थी सङ्गठनसँग सहकार्य गर्ने निर्णय गरेको जनाएको छन।
यसैगरी सो संगठनले सु.प. विश्वविद्यालयमा रहेका शैक्षिक र प्रशासनिक समस्याहरुका लागि संघर्ष गरिने, निजि शैक्षिक संस्थाको मनपरी शुल्क असुली, सरकारी विद्यालयमा लगाईएको शुल्क, सिटिईभिटीका शैक्षिक संस्थाहरुमा नियम विपरीत लिईने शुल्कका विरुद्धमा संघर्ष र कार्वाही गरिने लगायतका निर्णयहरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।
अखिल (क्रान्तिकारी) सेती महाकाली ब्युरोले जारी गरेको विज्ञप्तीः

