काठमाण्डौ: कैलाली जिल्लास्थित गौरीफन्टा सिमानाकाबाट युवती बेचबिखनका गर्ने नेकपाका वडा कमिटि अध्यक्ष फरार भएका छ्न् ।
निज वडा कमिटि अध्यक्ष रमेश बोहोरा बझाङको वित्थडचिर गाउँपालिका १ का हुन् । अहिले उनी नेकपाकै संरक्षणमा फरार भएको आरोप लागेको छ ।
यहि मंसिर ३ गते विवाहको प्रलोभनमा पारी भारत लैजादै गर्दा गौरीफन्टा नाकाबाट माईती नेपालले बैतडीको सिगास गाउँपालिकाकी एक युवतीलाई उद्दार गरेको थियो।
सोहि कार्यमा संलग्न बोहोरालाई भने नेकपाका नेताकै संरक्षणमा फरार गरिएको आरोप लागेको छ।
नेकपा बझाङका स्थानीय जनप्रतिनिधि र प्रदेशसभा सदस्य पनि वडा कमिटि अध्यक्षको बचाउ गर्न लागि परेको उनिहरुको आरोप छ ।
नेताकै दबाबका कारण बोहोरालाई छोडेको माईती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले बताए । युवतीलाई सोधपुछ गर्ने क्रममा उनी भागेको चौधरी बताउछ्न् ।
ती युवतीलाई भने अहिले माईती नेपालको संरक्षणमा राखिएको छ भने निज बोहोरालाई मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता गर्ने तयारी भएको चौधरीले बताएका छ्न् ।
