सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फिरौती माग्ने चारजना नक्कली प्रहरी धनगढीबाट पक्राउ

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले विहिबार पुष्टी गरेको छ ।

धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई निजहरुले राति गाउँको बाटोमा रोकेर हामी प्रहरी हौं तिमीहरुसँग लागुऔषध ब्राउन सुगर छ भनी डराइ धम्काइ अपहरण गरी कुटपिट गर्नुका साथै रु एक लाख नदिएमा लागुऔषध मुद्दा चालाइदिन्छौं भनी फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताएका छन् ।

उक्त घटनामा पीडित अरुण चौधरी उनीहरुको नियन्त्रणवाट भाग्न सफल भई प्रहरीलाई खबर गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आजको मौसमः कतै भारी त कतै छिटफुट बर्षा हुने

मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु

दक्षिण सुडानमा तैनाथ नेपाली सेनामा महिला सहभागिता १० प्रतिशत

पर्वतको तमादीखोलामा आएको बाढीले जीप बगाउदा तीन जना यात्रु बेपत्ता

आजको मौसम: चार प्रदेशमा भारी बर्षा हुने, अन्त छिटफुट पानी पर्ने

सल्यानमा जिप दुर्घटना: २ जनाको मृत्यु, १४ जना घाइते

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

आज कोशी प्रदेशमा उराब समुदायलाई सार्बजनिक बिदा

बैतडीको झुलाघाट नाका बन्द

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

नापी कार्यालय लहानमा विचौलियाको रजगज, विनाघुस हुँदैन सेवाग्राहीको काम