सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

फिरौती माग्ने चारजना नक्कली प्रहरी धनगढीबाट पक्राउ

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर फिरौती माग गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-८ का अनिलचन्द, प्रदिप गिरी, सन्दिप श्रीबास्तव र भक्तराज जोशीलाई नक्कली प्रहरी बनेर फिरौती माग गरिरहेको अवस्थामा दुई दिनअघि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले विहिबार पुष्टी गरेको छ ।

धनगढीतर्फ जाँदै गरेका अरुण चौधरी र लक्ष्मण चौधरीलाई निजहरुले राति गाउँको बाटोमा रोकेर हामी प्रहरी हौं तिमीहरुसँग लागुऔषध ब्राउन सुगर छ भनी डराइ धम्काइ अपहरण गरी कुटपिट गर्नुका साथै रु एक लाख नदिएमा लागुऔषध मुद्दा चालाइदिन्छौं भनी फिरौती माग गरिएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताएका छन् ।

उक्त घटनामा पीडित अरुण चौधरी उनीहरुको नियन्त्रणवाट भाग्न सफल भई प्रहरीलाई खबर गरेपछि गएको प्रहरी टोलीले ती अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य