सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

शुल्क बृद्धीको बिरोधमा आन्दोलनरत विद्यार्थीमाथी नेशनल मेडिकल कलेजको दादागिरीः कलेज र होस्टल प्रवेशमै रोक लगाइयो

२०७६ मंग्सिर ५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा एकमहिनादेखि संघर्षरत बीरगञ्जस्थित नेशनल मेडिकल कलेजले फेरी विद्यार्थीमाथि ज्यादती शुरू गरेको छ ।

एकमहिनादेखि शान्तिपूर्ण धर्ना गर्दै आएका विद्यार्थीहरु धर्ना सकेर कलेज, छात्रवास प्रवेश गर्न खोज्दा साँझ ५ बजे कलेज प्रशासनले मुल गेटमै ताला लगाएर विद्यार्थीहरुलाई कलेज प्रवेशमा रोक लगाएको हो ।

एमबिबिएस प्रथम वर्ष १८औँ ब्याजका झण्डै १०० जना विद्यार्थीलाई कलेज प्रशासनले कलेज प्रवेशमा रोक लगाएपछि विद्यार्थीहरू मुलगेट बाहिर अस्पताल क्षेत्रमा धर्नामा बसिरहेका छन् ।

सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजले लिएको रकम फिर्ता गर्नुपर्ने, कलेजमा अध्ययनरत विद्यार्थी भौतिक तथा प्राज्ञिक सुरक्षा हुनुपर्ने, विद्यार्थीमाथि कुटपिटमा संलग्नलाई कारवाही हुनुपर्ने लगायतका विभिन्न मागहरू विद्यार्थीहरुले अगाडि सारेका छन् ।

सरकारले पछिल्लोपटक पन्ध्र दिनभित्र शुल्क फिर्ता गर्न दिएको अल्टिमेटम अवधि सकिनै लाग्दा कलेज प्रशासनले विद्यार्थीमाथि ज्यादतीमा उत्रिएको विद्यार्थीहरूले आरोप लगाएका छन् ।

कलेज प्रशासनले विद्यार्थीमाथि अवरोध एवं आक्रमणका लागि सिनियार ब्याजकै विद्यार्थीहरूलाइ प्रयोग गर्दै आएको आन्दोलनरत विद्यार्थीको आरोप छ ।

निजी मेडिकल कलेजहरुको संस्थाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली निकट व्यावसायी बसुरुद्दिन अन्सारी नै विद्यार्थीमाथि आक्रमण र धम्कीमा उत्रिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित