सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दायाँबायाँ गर्न छुट छैन: प्रधानमन्त्री ओली

२०७६ मंग्सिर ६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन् ।

मन्त्रिमण्डल पुनर्गठनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मलाई परिणाम चाहिन्छ, एक मिनेट दायाँबायाँ हुनुहुँदैन । देशका लागि समय खर्चिनुस् ।’

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ आउँदाका बेला जसरी काममा खटिन मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

सी काठमाडौं आउँदा सफा भएका सडकले चाह्यो भने एक सातामा सुखद परिणाम दिन सकिँदो रहेछ भन्ने पुष्टि भएको बताएका थिए । ‘नयाँ साथीहरुले पनि कामको गतिलाई ध्यान दिनुपर्छ । पुरानाले झन् गति बढाउनुपर्छ, यत्तिले मात्रै पुगेको छैन’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सहभागी एक मन्त्रीले भने ।

ती मन्त्रीका अनुसार बैठकमा कुनै निर्णय भएन । ‘प्रधानमन्त्रीज्यूले बैठकमा बोलाउनु भयो । धन्यवाद दिनुभयो र काममा ध्यान दिन निर्देशन दिनुभयो’, ती मन्त्रीले बताए । प्रधानमन्त्री ओलीले चार दिनपछि समीक्षा बैठक बस्ने जानकारी गराउँदै नयाँ मन्त्रीलाई कार्ययोजना ल्याउन र पुरानालाई आ–आफ्नो मन्त्रालयको प्रगति विवरण पेस गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकअघि मन्त्री र सचिवलाई एकै ठाउँमा राखेर चुस्त र पारदर्शी ढंगले परिणाममुखी काम गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयलाई विकासमा सहकार्य र सहउपयोगको नीतिका आधारमा कार्ययोजना बनाउन निर्देशन दिएका छन् । मन्त्री र सचिवहरुलाई बिहीबार एकै ठाउँमा राखेर प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले मन्त्रालयहरूलाई मातहतका निकायमा भइरहेको कार्यप्रगतिको रिपोर्ट चार दिनभित्र तयार गर्न पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति