सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काँग्रेसको आँखा धरान उपमहानगरपालिकामाः केन्द्रिय नेता भोट माग्दै गाँउगाँउमा

२०७६ मंग्सिर ६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मंसिर १४ गते हुने उपनिर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न काँग्रेसले धरानमा ठूलो शक्ति खर्च गरेको छ । धरान उपमहानगरपालिकाको मेयरका लागि हुन लागेको निर्वाचनका क्रममा काँग्रेसका दर्जन केन्द्रीय नेता चुनावी प्रचार-प्रसारमा सहभागी भइरहेका छन्  ।

अघिल्लो स्थानीय तह निर्वाचनमा करिब १४ हजार मतले पछि परेको काँग्रेस यसपटक धरानमा जसरी पनि जित्ने अभियानमा लागेको छ ।

बिहीबार प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको झन्डा भएका घरमा समेत पुगेर मत मागे । यस्तै, बुधबार केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सुकुम्बासी बस्तीमा पुगेर भोट मागेका थिए ।

यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, केन्द्रीय सदस्य गुरुराज घिमिरे, ज्ञानेन्द्र कार्की, धनराज गुरुङ, महेश आचार्य, मीन विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायतले भोट मागेका थिए ।

महेश आचार्यलाई पार्टीले नै खटाएकाले सुरुदेखि नै धरानमा रहेका छन् । मीन विश्वकर्मा पनि धरानमै छन्  । मंसिर १० गते हुने चुनावी सभामा प्रमुख वक्ताका रूपमा गगन थापालाई बोलाइएको छ । सबै नेताको ध्यान धरानको चुनावमा भएको नगर कार्यकर्ता प्रेम पराजुलीले बताए ।

लामो समयदेखि कम्युनिस्टले जित्दै आएको धरानको मेयरमा यसपटक पनि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेसका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपाले उपनिर्वाचनमा स्व. मेयर तारा सुब्बाले अघि सारेका गौरवका आयोजनाहरू पूरा गर्न आफ्नो नेतृत्व पुनः आवश्यक भएको भन्दै घरघरमा पुगेर मत मागिरहेको छ । मेयरमा नेकपाले जिल्ला कमिटी सदस्य प्रकाश राईलाई उम्मेदवार बनाएको छ भने काँग्रेसले नगर सभापति तिलक राईलाई अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आइतबार सार्वजनिक बिदा

पोखरा क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिए

मुख्यमन्त्रीलाई राउटेले भने- सरकारले हाम्रो जनतालाई दशैँ खर्च दिनु पर्‍यो

हुम्लामा कोदो महोत्सव हुने

जमुनाह नाकामा सुरक्षा सतर्कता

भरुवा बन्दुकसहित एकजना पक्राउ

सन्दर्भ विश्व शान्ति दिवस: देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ : मुख्यमन्त्री पाण्डे

बाँकेमा कारागार जीर्णः क्षमताभन्दा बढी कैदीबन्दी, सुरक्षाको जोखिम

शे-फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा भेटिए

जनप्रतिनिधि थकित भए पछि मण्डनपुरमा आज सार्बजनिक बिदा

आज विश्व शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै