सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कनकाई क्याम्पसमा विद्यार्थीले लगाएको ताला प्रहरीले तोड्यो

२०७६ मंग्सिर ६, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: झापाको सुरुङ्गास्थित कनकाई बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले गरेको तालाबन्दी प्रहरीले फुटाएको छ ।

लिम्बुवान निकट विद्यार्थीहरुले शुक्रबार विहान क्याम्पसको प्रशासनिक भवनको मूल गेटमा ताला लगाएको क्याम्पस प्रशासनले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार ताला लगाएको २ घण्टासम्म पनि प्रहरीले ताला नखोलेपछि सो ताला फोडेको जनाएको छ ।

नेकपा निकट अनेरास्ववियु र लिम्बुवान विद्यार्थी मञ्चका विद्यार्थीले उक्त क्याम्पसमा दोस्रोपटक तालाबन्दी गरेका हुन् । यसअघि गत १९ कात्तिकमा पनि लगाइएको ताला २३ कात्तिकमा प्रहरीले तोडेको थियो ।

सो क्याम्पसमा विद्यार्थीहरुले क्याम्पसमा नियमित पठनपाठन नभएको, प्राध्यापक हरि तिम्सिनालाई पुनर्बहाली गर्नुपर्ने, भाडामा ल्याइएका प्राध्यापकहरुलाई फिर्ता पठाउनुपर्ने र ९ जना विद्यार्थी विरुद्ध प्रहरी कार्यालयमा परेको उजुरी फिर्ता लिनुपर्ने लगायतका माग राखेका छन् ।

क्याम्पस प्राध्यापक हरि तिम्सिनाको करार नविकरण नगरिएको भन्दै नेकपा निकट विद्यार्थीले आन्दोलन गर्दै आएको सो कन्काई बहुमुखी क्याम्पसमा करिब तीन सातादेखि पठनपाठन प्रभावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

डिप्लोमा तथा प्रमाणपत्र तहको परीक्षा आवेदन फाराम खुल्यो

सरकार र शिक्षकका प्रतिनिधीहरुबीचको वार्ता निश्कर्षविहिन

हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

विदेश पलायनले विज्ञान र गणितका शिक्षकको अभाव

एक महिनादेखी बेपत्ता शिक्षक अझै भेटिएनन्

विद्यालय बन्द गरेर आन्दोलन गरे शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

विद्यालय शिक्षा विधेयक सरोकारवालासँगको परामर्शपछि मात्र अघि बढाउनुपर्छ : नैनसिंह महर

देशैभरीको शिक्षक काठमाडाैंमा जम्मा, आजबाट प्रदर्शनमा उत्रने

शिक्षकलाई वार्तामा आउन मन्त्रीको आह्वान

शिक्षा विधेयक परिमार्जन गर्न परीक्षा बोर्डका कर्मचारी सङ्गठनको आग्रह

मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय बनाइने