
काठमाण्डौं: उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महराको निवेदनमा जिल्ला अदालतबाट कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।
संसद सचिवालयकी महिला कर्मचारी बलत्कार अभियोगमा डिल्लीबजार कारागारमा मुद्दाको पूर्पक्ष गरिरहेका पूर्वसभामुख कृष्णबहादुर महराले गरेको पुनरावेदनमा सुनुवाइ गर्दै उक्त अादेश दिईएको हो ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले शुक्रबार पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध महराले दिएको निवेदनमा सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गरेको हो ।
महराले बिहीवार जिल्ला अदालतको आदेशबिरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए ।
उच्च अदालत पाटनले आदेश बमोजिम जिल्लाबाट प्रतिवेदन आएपछि पुर्पक्ष थुनामा पठाउने आदेश मिलेको छ वा छैन भन्नेबारे सुनुवाई सुरु हुनेछ ।
सुनुवाइपछि उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामै राख्ने, धरौटी लिएर तारेखमा छाड्ने वा साधारण तारेखमा छाड्ने आदेश दिने छ ।