
काठमाण्डौः प्रतिबन्धित अखिल (क्रान्तिकारी) काठमाण्डौ जिल्लाका अध्यक्ष गोविन्द विष्टसहित चारजनालाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ गरेको छ ।
कालापानी लगायतका नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा राखेको विरोधमा माइतिघरमा आयोजित कार्यक्रमबाट विष्टसहित दुईदर्जन विद्यार्थीलाई गिरफ्तार गरेको थियो ।
प्रहरीले पक्राउ गरी बन्दी गैरन्यायीक रुपमा बन्दी बनाएको भन्दै कमल विष्टले दायर गरेको बन्दिप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधिसद्धय मिरा खडका र बिश्वम्बर श्रेष्ठको संयुक्त ईजलासले शुक्रबार रिहा गर्न आदेश दिएको थियो ।
तर, सर्वोच्चको आदेशलाई लत्याउँदै प्रहरीले विष्ट र अर्को विद्यार्थी नेता प्रभात भट्टराई पुनः गिरफ्तार गरेको हो । सर्वोच्च अदालतको गेटमा पुगेका निराजन बडुवालसहित दुईजना विद्यार्थीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । उनीहरूले निज बिष्टलाइ भगाउन खोजेको प्रहरी आरोप रहेको छ ।
प्रहरीले अदालतको आदेशविरुद्ध कुटपिट गर्दै पुनः गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।