सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सहमतिको बाटो बन्द गरेर ल्याउने अध्यादेश काँग्रेसलाइ मान्य नहुने, सदन र सडक दुवै तताउने देउवाको चेतावनी

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश कुनै हालतमा संसदबाट पारित हुन नदिने चेतावनी दिएका छन् ।

सरकारले सहमति र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत अध्यादेश ल्याउन खोजिएको भन्दै देउवाले सरकारले जवरजस्ती गरे सडक समेत ठप्प पार्ने चेतावनी दिएका छन् ।

वर्तमान सरकाले संवैधानिक परिषद्लाई कठपुतली बनाएर सबै निकायमा एकलौटी गर्ने उद्देश्य रहेको भन्दै उनले यसविरुद्ध सदनमा मात्र नभइ सडकमा समेत जाने बताएका हुन् । सरकारले संवैधानिक परिषद्लाई कठपुतली बनाउन खोजेको देउवाको आरोप छ ।

सभापति देउवाले अर्को एक प्रसङ्गमा सरकारले अख्तियारलाई तत्कालिन शाही आयोग जस्तै बनाउन खोजेको आरोप समेत लगाएका छन् । उनी भन्छन्, तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा शाही आयोग गठन भएको थियो । राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि भ्रष्टाचारमा मुछिएका सार्वजनिक व्यक्तिहरूमाथि छानविन गर्न भन्दै शाही आयोग गठन गरेका थिए ।

शुक्रवार पोखरामा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै सभापति देउवाले सबै स्थानमा आफ्ना मान्छेहरु भर्ती गरेर सरकार अघि बढेको आरोप समेत लगाए । संवैधानिक परिषद्लाई कठपुतली बनाएको छ, सबै ठाउँमा आफ्ना मान्छेहरु नियुक्ति गरेको छ, देउवाले भने, अख्तियारलाई पनि शाही आयोग बनाउँदैछ ।

उनले न्यायालयमा समेत सरकारले हस्तक्षेप गरेको आरोप लगाए । सरकारका गलत कामलाई ठिक गर्ने स्थान न्यायालय भएपनि त्यहाँ पनि हस्तक्षेप भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छ : महामन्त्री शर्मा

लोसपा केन्द्रीय समितिले पायो पूर्णता

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल

ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु

लोसपाको शीर्ष नेताहरूको बैठक बस्दै

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज

माओवादी नेताहरुद्वारा म्याग्दीको डाँडागाउँमा श्रमदान गरेर सडक मर्मत

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ गते

सबै जातजाति भाषाभाषीको माग सम्बोधन हुनुपर्छ : अध्यक्ष बिजुक्छे