सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सहमतिको बाटो बन्द गरेर ल्याउने अध्यादेश काँग्रेसलाइ मान्य नहुने, सदन र सडक दुवै तताउने देउवाको चेतावनी

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश कुनै हालतमा संसदबाट पारित हुन नदिने चेतावनी दिएका छन् ।

सरकारले सहमति र प्रजातान्त्रिक मूल्य मान्यता विपरीत अध्यादेश ल्याउन खोजिएको भन्दै देउवाले सरकारले जवरजस्ती गरे सडक समेत ठप्प पार्ने चेतावनी दिएका छन् ।

वर्तमान सरकाले संवैधानिक परिषद्लाई कठपुतली बनाएर सबै निकायमा एकलौटी गर्ने उद्देश्य रहेको भन्दै उनले यसविरुद्ध सदनमा मात्र नभइ सडकमा समेत जाने बताएका हुन् । सरकारले संवैधानिक परिषद्लाई कठपुतली बनाउन खोजेको देउवाको आरोप छ ।

सभापति देउवाले अर्को एक प्रसङ्गमा सरकारले अख्तियारलाई तत्कालिन शाही आयोग जस्तै बनाउन खोजेको आरोप समेत लगाएका छन् । उनी भन्छन्, तत्कालिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालमा शाही आयोग गठन भएको थियो । राजा ज्ञानेन्द्रले शासन आफ्नो हातमा लिएपछि भ्रष्टाचारमा मुछिएका सार्वजनिक व्यक्तिहरूमाथि छानविन गर्न भन्दै शाही आयोग गठन गरेका थिए ।

शुक्रवार पोखरामा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै सभापति देउवाले सबै स्थानमा आफ्ना मान्छेहरु भर्ती गरेर सरकार अघि बढेको आरोप समेत लगाए । संवैधानिक परिषद्लाई कठपुतली बनाएको छ, सबै ठाउँमा आफ्ना मान्छेहरु नियुक्ति गरेको छ, देउवाले भने, अख्तियारलाई पनि शाही आयोग बनाउँदैछ ।

उनले न्यायालयमा समेत सरकारले हस्तक्षेप गरेको आरोप लगाए । सरकारका गलत कामलाई ठिक गर्ने स्थान न्यायालय भएपनि त्यहाँ पनि हस्तक्षेप भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

एमाले सचिवालय बैठक : भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने

कांग्रेस नीति प्रतिष्ठानद्वारा बाह्र उपसमिति गठन

विधि र प्रक्रियाबमोजिम आएका रिट दर्ता गर्नुः कामु प्रधानन्यायाधीश मल्ल

एमालेको सचिवालय बैठक बस्दै

विशेष महाधिवेशनबाट छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

कमजोरी स्वीकार्दै जनतासमक्ष प्रस्तुत हुन उपाध्यक्ष पौडेलको आग्रह

‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’

सर्वदलीय सहमतिमा मात्र प्रदेश सरकारमा जाने संयोजक दाहालको अडान

अध्यक्ष ओलीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जली

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छः पूर्वकार्यवाहक सभापति खड्का