सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जिल्ला समन्वय समिति प्रमुख नेपाललाई वडाअध्यक्षको रामधुलाई

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धादिङमा वडाअध्यक्ष र जिल्ला समन्वय समिति धादिङका प्रमुख बिच कुटपिट भएको छ ।

जिल्ला समन्वय समितिले स्थानीय सरकारको भौतिक संरचना निर्माणका लागि उपलब्ध गराएको रकमबाट बन्ने वडा कार्यालय भवन कहाँ बनाउने भन्ने विषयमा विवाद हुँदा जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाललाई वडाअध्यक्षले मान्छे लेराएर कुटेको स्थानियले बताएका छन् ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई नीलकण्ठ नगरपालिका-१ का वडाअध्यक्ष गणेश गुरुङ र नीलकण्ठ नगरपालिका-१ निवासी ध्वजबहादुर गुरुङ लगायतले कुटपिट गरेका हुन् ।

जिल्ला समन्वय समितिको कार्यालयमा मोटरसाइकल लिएर पुगेका दुवै जनाले एक्कासी कुटपिट गरेको र आफूले गुहार लगाएपछि उनीहरू मोटरसाइकलमा भागेको नेपालले बताए ।

उक्त घटना भएपछि नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना समेत घटनास्थलमा पुगेका थिए । वडाअध्यक्षले मानिस ल्याएर आफूमाथी कुटपिट गरेकोले अपराधीलाई कारबाही गर्न नेपाले माग गरेका छन् ।

नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना जिल्ला समन्वय समिति स्थित जिसस प्रमुखको कार्यकक्ष बाहिर रहेको बेला कुटपिट भएको थियो ।

योजनावद्ध रुपमा आक्रमण गरिएकोले आक्रमणकारीलाई कारबाहीको माग गर्दै युवासंघ नेपालले नेकपा जिल्ला अध्यक्ष नेत्र पौडेल मार्फत पार्टी कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

सामान्य घाइते भएका जिसस प्रमुख नेपालले उपचार नगराइ प्रहरीलाई घटनाबारे जानाकारी गराएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तिलकेनीका दलित समुदाय सिँचाइ सुविधाबाट वञ्चित

डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा

गुडिया र अचार बनाएर आर्जन गर्दै महिला

अरनिको राजमार्ग विस्तारः ढिलासुस्तीबारे जनप्रतिनिधिको चासो

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध