सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जिल्ला समन्वय समिति प्रमुख नेपाललाई वडाअध्यक्षको रामधुलाई

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः धादिङमा वडाअध्यक्ष र जिल्ला समन्वय समिति धादिङका प्रमुख बिच कुटपिट भएको छ ।

जिल्ला समन्वय समितिले स्थानीय सरकारको भौतिक संरचना निर्माणका लागि उपलब्ध गराएको रकमबाट बन्ने वडा कार्यालय भवन कहाँ बनाउने भन्ने विषयमा विवाद हुँदा जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाललाई वडाअध्यक्षले मान्छे लेराएर कुटेको स्थानियले बताएका छन् ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई नीलकण्ठ नगरपालिका-१ का वडाअध्यक्ष गणेश गुरुङ र नीलकण्ठ नगरपालिका-१ निवासी ध्वजबहादुर गुरुङ लगायतले कुटपिट गरेका हुन् ।

जिल्ला समन्वय समितिको कार्यालयमा मोटरसाइकल लिएर पुगेका दुवै जनाले एक्कासी कुटपिट गरेको र आफूले गुहार लगाएपछि उनीहरू मोटरसाइकलमा भागेको नेपालले बताए ।

उक्त घटना भएपछि नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना समेत घटनास्थलमा पुगेका थिए । वडाअध्यक्षले मानिस ल्याएर आफूमाथी कुटपिट गरेकोले अपराधीलाई कारबाही गर्न नेपाले माग गरेका छन् ।

नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगाना जिल्ला समन्वय समिति स्थित जिसस प्रमुखको कार्यकक्ष बाहिर रहेको बेला कुटपिट भएको थियो ।

योजनावद्ध रुपमा आक्रमण गरिएकोले आक्रमणकारीलाई कारबाहीको माग गर्दै युवासंघ नेपालले नेकपा जिल्ला अध्यक्ष नेत्र पौडेल मार्फत पार्टी कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

सामान्य घाइते भएका जिसस प्रमुख नेपालले उपचार नगराइ प्रहरीलाई घटनाबारे जानाकारी गराएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बनेको तीन महिनामै सडक भत्किएपछि…

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

राष्ट्रिय सभा बैठक सर्‍यो

गरिबीले उमेर नपुग्दै विहे, सबै विहे सरोकारवालाले गराए बदर

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

सर्लाहीको मलंगवामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै