सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खोटाङ खेलकुद विकास समितिका अध्यक्षद्धारा बिद्यालयका छात्रछात्रालाई पोशाक वितरण

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माईतीराज राईले स्वर्गीय बाबुको सम्झनामा ९६ जना छात्र/छात्रालाई पोशाक वितरण गरेका छन् ।

फूटवल म्याच हेरिरहेको अवस्थामा चट्याङ पर्दा २०७३ साल बैशाख ११ गते ज्यान गुमाएका बाबु जगतबहादुर राईको सम्झनामा अध्यक्ष राईले केपीलासगढी गाउँपालिका-५ सप्तेश्वरस्थित सप्तेश्वर आधारभूत विद्यालयका छात्र/छात्राहरूलाई पोशाक वितरण गरेका हुन् ।

सप्तेश्वर नै घर भएका राईले गाउँकै विद्यालयमा अध्ययनरत छात्र/छात्रालाई एक/एक सेट ट्र्याकसुट र टि–सर्ट वितरण गरेका हुन् ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख ववि चाम्लिङ, केपीलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, नेकपाका जिल्ला सचिव रामप्रसाद दङ्गालको हातबाट पोशाक वितरण गरेको अध्यक्ष राईले बताए ।

केपीलासगढी गाउँपालिकाको बाक्सिला फूटवल मैदानमा बाक्सिला गोल्डकपको नवौं संस्करण अन्तरगतको प्रतियोगीता सञ्चालन भइरहेको अवस्थामा चट्याङ पर्दा जगत बहादुरको घट्नास्थलमै मृत्यु भएको थियो । सो चट्याङबाट फूटवल प्रतियोगीता हेरिरहेका १२ जना दर्शक गम्भीर घाईते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

नेपाल प्रहरीका ४६ जना एसपीको एकसाथ सरुवा (सूचीसहित)

एकसाथ १४९ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

चलचित्र ‘लालीबजार’ को मुद्दामा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

राजदूत ओली र रोयल थाई प्रहरीका विशेष कार्यदलबीच भेटवार्ता

कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

रुस–युक्रेनबीच युद्धबन्दी साटासाट