काठमाण्डौँ: मंसीर १५ गते बाट नेपालमा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीको लागी भारत गएको नेपाली राष्ट्रिय कबड्डी टोली नेपाल फर्केको छ ।
१३ औ सागको तयारीका लागी प्रशिक्षण गर्न भारत गएको नेपाली राष्ट्रिय कबड्डी टोलि भारतमा २० दिनको प्रशिक्षण सकायर स्वदेश फर्केको हो । १६ जना पुरुष र १६ जना महिला राष्ट्रिय टोलीका खेलाडीहरु प्रशिक्षणको लागी भारत गएका थिए ।
भारतको मुम्बईमा भारतका कबड्डी प्रशिक्षक डा. रमेश भिण्डगिरीले प्रशिक्षण दिएको नेपाली टिम व्यवस्थापक कृष्णदेव पन्तले बताए ।
डिसेम्बर ४ देखि ९ सम्म हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा सागको कबड्डी प्रतियोगिता हुने अखिल नेपाल कबड्डी संघकी केन्द्रीय सदस्य तथा प्रचार प्रसार तथा प्रकाशन समिति संयोजक निर्मला बिसीले बताइन् ।
