सदाबहार खबरको रफ्तार ....
असोज १९, २०८१ शनिबार
October 5, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

चितवन मेडिकल कलेजको होस्टल भित्र गोली भरिएको पेस्तोल फेला पर्यो

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चितवनको भरतपुर महानगरपालिका-५ स्थित चितवन मेडिकल कलेजको होस्टलमा पेस्तोल फेला परेको छ ।

होस्टलको झोला भित्र हतियार भएको गोप्य सूचना प्रहरी समक्ष पुगेपछी जिल्ला प्रहरी कार्यालयको बिशेष टोलीले उक्त होस्टलमा पु्गेर तलासी गर्दा गोली लोड गरिएको एक थान पेस्तोल र म्याग्जिन भेटिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार उक्त हतियार प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दको कोठामा पेस्तोल बरामद गरिएको जानकारी दिए ।

चिकित्सा शिक्षा सुधार अभियान अन्तर्गत आइतबार बृहत र्याली आयोजना हुन लागेको पूर्वसन्ध्यामा विद्यार्थी बस्ने होस्टलको कम्पाउण्ड भित्र झोलामा राखिएको अवस्थामा हतियार फेला परेको हो । घटनाको अनुसन्धानका लागि प्रहरीले उक्त कलेजका सेक्युरिटी गार्डलाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

कलेजले लिएको बढी शुल्क फिर्ता नगरेको विरोधमा आइतबार प्रदर्शनको तयारी भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रभावितलाई तत्काल राहत वितरण गर्नुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

‘विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन – स्वास्थ्य मन्त्रालय

रु १२ करोड लागतमा ट्रमा सेन्टर

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

घटेन डेंगी सङ्क्रमण

विपद्बाट घाइते भएका कोही पनि उपचारबाट बञ्चित हुनुपर्दैनः स्वास्थ्य

घटेन गण्डकीमा डेङ्गी सङ्क्रमण

‘लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने’

चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मंसिर २८मा

कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै

म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण

बाढी पहिरोपछि संक्रमण फैलन नदिन सर्वपक्षीय बैठक, काठमाडौँमा सतर्कता