
काठमाण्डौः अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) समूहका १० लडाकुले आत्मसमर्पण गरेका छन् ।
अफ्गानिस्तानको पुर्वी प्रान्तमा आतङ्कबवाद बिरुद्ध सुरक्षाबलको सैनिक सुरक्षा कारबाही जारी रहेको अवस्थामा आईएसका १० लडाकुले हतियार सहित अफगान विशेष सैनिक सामु आत्मसमर्पण गरेको अफगान विशेषबलका कमाण्डरले अन्तराष्ट्रिय संचार माध्यमलाई जानकारी दिएका छन् ।
शनिबार अफगान सेनाले जारी गरेको विज्ञप्ति अनुसार बाँकी रहेका आईएस लडाकुहरुले समेत आत्मसमर्पण गर्ने वाहेक अन्य विकल्प नभएको जनाएको छ ।
अफगानिस्तानमा गत साता महिला र बालबालिकाहरू लगायत ६ सय भन्दा बढी आईएसका लडाकूहरू र उनीहरूका परिवारले सुरक्षाबल समक्ष आत्मसमर्पण गरेका थिए ।