सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

भारतले नेपाली सिमा मिच्दा प्रधानमन्त्रीजी किन चुपः शेर बहादुर देउवा

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन् ।

१४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा केन्द्रित रहि नेपाली काँग्रेसको आमसभालाई पोखरामा सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीकै सहमतिमा नेपाली भू-भाग भारतको नयाँ नक्सामा समेटिएको जिकिर गरेका हुन् ।

त्यस्तै देउवाले प्रधानमन्त्री ओलिको भारतसँग सम्झौता भएको हुन सक्ने बताएका छ्न् ।सम्बोधनमा उनले यदी त्यसो नहुँदो त नेपाली भू-भाग मिचिएको प्रष्ट हुदाँ हुदै सरकारले किन पहल नगरेको जस्ता आरोप लगाएका थिए ।

सोही चुनावी सभामा बोल्दै देउवाले ओली सरकार भ्रष्टाचारी सरकार भएको बताएका हुन् । उनले भने ओली सरकारलाई चुनौती दिन काँग्रेसलाई जिताउन मतदातालाई आग्रह समेत गरे ।

भारतले नेपाली सिमा मिच्दा प्रधानमन्त्रीजी किन चुप हुनुहुन्छ ? कतै प्रधानमन्त्री ओलीजीकै सहमतिमा भारतले नयाँ नक्सा जारी गरेको त होईन ?

सरकारको काम जनताले थेग्नै नसक्ने गरी अनावश्यक कर उठाउने, पाइला पाइलामा भ्रष्टाचार बढाउने र संविधान विपरित काम गरेर लोकतन्त्रलाई कमजोर गराउने भएको छ।

कास्की-२ का नेपाली कांग्रेसका उम्मेदबार खेमराज पौडेलजी ६० बर्षदेखि तपाईहरुको सुःख दुःखमा साथसाथ हुनुहुन्छ । उहाँको जीवनशैली मैलेभन्दा बढि तपाईहरुले बुझ्नु भएको छ । मलाई विश्वास छ अव यो चुनावमा तपाईहरुको साथ खेमराजजीलाई हुनेछ।

यो चुनाव सरकार बदल्ने त होईन, तर सरकारको गलत कामको खवरदारी गर्ने चुनाव हो । त्यसैले तपाईहरुले खेमराजजीलाई मत दिएर सरकारलाई खवरदारी गर्नुहुनेछ ।
खेमराज पौडेल कास्की २ मा नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

अन्तरराष्ट्रिय आर्गानिया दिवस मनाइँदै

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

न्यायसम्पादनमा ढिलाइ हुँदा कार्यसम्पादनमा समस्या भइरहेको छः प्रदेश प्रमुख मियाँ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश

विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

टिपर र बस ठोक्किँदा १० जना घाइते

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल

विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो