सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सत्ता छाड्ने नछाड्ने दोधारमा समाजवादी पार्टीः पदाधिकारी बैठक जारी

२०७६ मंग्सिर ७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः  सत्तारूढ समाजबादी पार्टीको पदाधिकारी बैठक राजधानीमा शुरू भएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्प्रति असन्तुष्टी जनाउँदै आएको सत्तारुढ समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक शनिबार पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बसेको हो ।

सहयात्री पार्टीलाई जानकारी नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीले एकलाैटी मन्त्रिपरिषद पुनर्गठन गरेपछि असन्तुष्ट रहँदै आएको समाजबादी पार्टीको औपचारिक धारणा तय गर्न पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछी आईतबार पनि बस्ने भएको हो ।

सो पार्टीका सञ्चार उपप्रमुख विश्वदीप पाण्डेले पदाधिकारी बैठकले कुनै निर्णय गर्न नसकेकोले उक्त बैठक आईतबार पनि जारी रहने जानकारी दिए ।

सञ्चार उपप्रमुख पाण्डेले आइतबार पुनः बैठक बसेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए । पार्टीका अध्यक्ष तथा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका थिए ।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठित गरी कानुन मन्त्रालयको जिम्मेवारी तोकिदिएका छन् ।

उपेन्द्र यादवको कामप्रति प्रधानमन्त्री ओली त्यति सन्तुष्टि छैनन् । फलस्वरूप ओलीले बिना जानकारी मन्त्रिपरिषद् पुनर्गठित गर्नु भनेको सरकारबाट बाहिरिन नैतिक दवाव दिएको समाजवादी पार्टीको बुझाइ रहेको छ ।

समाजवादीकै नेता एवं संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर नेताहरुले यादवलाई सरकारबाट बाहिरिएर राष्ट्रिय जनता पार्टी नेपालसँग पार्टी एकता गर्नुपर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

गगन थापाकाे प्रस्ताव – कांग्रेसका मन्त्रीहरु फिर्ता बोलाऔं, समाजवादी मोर्चालाई सरकार चलाउन दिऔं

नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न सक्दैन : नेता नेपाल

देशमा देखिएका संकटको समाधानका लागि गम्भीर कदम चाल्न प्रधानमन्त्रीलाई नेकपा एसले बुझायो ध्यानाकर्षण (पत्र सहित)

राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता

सरकारले उच्चस्तरीय आयोग नबनाएसम्म संसद् चल्न नदिने एमालेको चेतावनी

नीति निर्माणसँगै कार्यान्वयन पक्ष झनै कम्जोर छ : अध्यक्ष केसी

काङ्ग्रेस सकियो भन्ने भाष्य निर्माण गर्न खोजिदैछः उदय शम्शेर

कर्णाली एमालेः अध्यक्षका दुइ दाबेदारले उम्मेदवारी फिर्ता लिए

एमाले कर्णाली अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमाले बाग्मतीको अध्यक्षमा ढुंगेल निर्वाचित, एक मतले नवराज सिलवाल बिजयी

एमाले कर्णाली प्रदेशको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

एमाले बागमती प्रदेशको मतपरिणाम आजै आउने