सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेत्र विक्रम चन्द (विप्लब) का हजारभन्दा बढी कार्यकर्ता पक्राउ ६ सय भन्दा धेरैले पार्टी परित्याग

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ : नेत्रविक्रम चन्द नेतृत्वको समूहका पोलिटब्युरो सदस्य मोहन कार्की ०७५ चैत १ मा ललितपुरको बालकुमारी र स्थायी समिति सदस्य तथा मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीसहित ८ जना चैत ८ मा काभ्रेबाट समातिए । गत वैशाख २५ मा पोलिटब्युरो सदस्य भरत बम विस्फोटक पदार्थसहित नेपालगन्जबाट पक्राउ परे । गत असोज २९ गते राति मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द (वीरगन्ज) र राप्ती ब्युरो इन्चार्ज सुवास बाठासहित २१ नेता दाङबाट समातिए ।

सरकारले ०७५ फागुन २८ मा गतिविधिमा प्रतिबन्ध लगाउँदै धमाधम पक्राउ गर्न थालेपछि चन्द समूहका अधिकांश नेता–कार्यकर्ता भूमिगत छन् । प्रहरीको तथ्यांकअनुसार प्रतिबन्धको ८ महिनामा केन्द्रदेखि जिल्लास्तरीय पदाधिकारी तहका ७२ सहित १ हजार १ सय ५० नेता–कार्यकर्ता समातिइसकेका छन् । यस बीचमा दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विक, युवा संगठन केन्द्रीय अध्यक्ष बबिल केसी, नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धीरेन्द्रा उपाध्यायलगायतका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

सरकारले पक्राउ गर्न थालेपछि चन्द समूहका कतिपय नेता–कार्यकता अर्को राजनीतिक दलमा प्रवेश गरिरहेका छन् । ०७६ जेठ १९ मा पोलिटब्युरो सदस्य तथा पूर्वराज्यमन्त्री पदम राई सत्तारूढ नेकपामा प्रवेश गरेका छन् । प्रतिबन्धपछि ५ सय ९६ जनाले पार्टी छाडेको प्रहरीको तथ्यांक छ ।

सुरक्षा स्रोतका अनुसार महासचिव चन्दसहित ५ सय १९ जनाको नाम प्रहरीले फरार सूचीमा राखेको छ । हिंसात्मक गतिविधिमा लागेको आरोपमा चन्द समूहका नेता–कार्यकर्ताविरुद्ध देशभरका अदालतमा १ हजार ८८ वटा मुद्दा दर्ता छन् । पक्राउ परेकामध्ये ६१ जना सोधपुछपछि छुटेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ८ सय ३४ जनालाई अदालतले धरौटी र साधारण तारेखमा छाडेको छ । १ सय ३७ जना पुर्पक्षका लागि कारागारमा र ८८ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।

गतिविधिमा प्रतिबन्धपछि प्रदेश १ बाट १ सय ५०, प्रदेश २ बाट ५९, प्रदेश ३ बाट १ सय ४, गण्डकी प्रदेशबाट २ सय १७, प्रदेश ५ बाट २ सय २४, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट १ सय ३८ र उपत्यकाबाट १ सय ७१ जना नेता–कार्यकर्ता पक्राउ परेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले चन्द समूहबाट एम–१६, एसएमजी, एलएमजी, एसएलआरसहित ४१ थान शक्तिशाली हतियार र १ हजार २ सय ५६ राउन्ड गोली बरामद गरेको जनाएका छन् ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेलले शान्ति सुरक्षामा खलल पुर्‍याउने जुनसुकै समूहलाई पनि कारबाहीको दायरामा ल्याइने बताए । गत कात्तिक २९ गते विज्ञप्ति जारी गर्दै चन्दले आफ्नो पार्टीमाथि धरपकड नगर्न प्रहरी र सशस्त्रलाई चेतावनी दिएका थिए । मंसिर १४ मा उपनिर्वाचनमा भाग नलिन सर्वसाधारणलाई आग्रह गरेका चन्दले सरकारमा भएका दलका कार्यक्रममा पनि आफूहरूले प्रतिबन्ध लगाएको घोषणा गरेका थिए ।

केन्द्रीयस्तरका नेताहरू पक्राउ पर्न थालेपछि महासचिव चन्दले स्थायी समिति र पोलिटब्युरो नै भंग गरेका छन् । त्यसको ठाउँमा पछिल्लो पटक ५ सदस्यीय सचिवालय र ३५ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । सचिवालय सदस्य वलीले पुर्पक्षका क्रममा नख्खु जेलमा छन् । आठौं विस्तारित बैठकबाट केन्द्रीय सदस्यमा चुनिएका ४ जनालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढा र धर्मेन्द्र बाँस्तोला प्रहरीको फरार सूचीमा छन् । बुढा नेकपा पूर्वी कमान्ड इन्चार्ज हुन् । स्थायी समिति सदस्य वली पक्राउ परेपछि मध्य कमान्ड प्रवक्ता विश्वकर्माले नै लिएका छन् । पश्चिम कमान्ड इन्चार्ज बाँस्तोला हुन् ।

नेकपालगायत हिंसात्मक समूहमा संलग्न कसैले धम्की दिँदैमा कोही पनि डराउनु नपर्ने प्रहरी प्रवक्ता पोखरेल बताउँछन् । ‘शान्तिसुरक्षा कायम गर्ने जिम्मेवारी हाम्रो हो, कसैले त्रास, धम्की र डर देखाउँदैमा आत्तिनुपर्दैन,’ उनले भने, ‘राजनीति गर्नेसँग सेना/प्रहरीले बोक्ने हतियार फेला पर्छन् भने त्यसलाई कसरी शान्तिपूर्ण भन्न मिल्छ ?’ नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली चन्द समूहका गतिविधि नियन्त्रणमा तैनाथ छ ।

याे समाचार आजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

कार्यबोझमा ट्राफिक प्रहरी: सडकमा एक जनाको भागमा १२७० सवारीसाधन, १२ घण्टासम्म ड्युटी

बालेन-सुशीला सम्बन्धमा दरार

सय कार्यसूची परिवर्तनको अनुभूति

बजेटमा कस्तो देखिएला ‘स्वर्णिम-बालेन जादु’ ?

आधार शिविरमा सानो बजार

कार्यपालिका र न्यायपालिका आमने–सामने हुने संकेत

‘सेटिङ’ भत्कियो कि नयाँ विवाद जन्मियो ?

मनसुन अवधिमा खडेरीको जोखिम

शर्मा प्रधानन्यायाधीश सिफारिशपछि सर्वोच्चमा न्यायाधीशबीच खटपट

एकता प्रयास निष्कर्षविहीन

पुर्जाविहीन रास्वपा सांसदका घर, भत्किनेमा छैन डर

सवारी विद्युतीय बनाउन छैन मापदण्ड