सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या मासिक १ लाखले बृद्धि

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: पछिल्लो १० महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या १० लाख पुगेको छ ।

नेपाल टुरिजम बोर्डको तथ्यांक अनुसार सन् २०१९ को अक्टोबरसम्म ९ लाख ७५ हजार ५५७ विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

बोर्डको तथ्याङ्क अनुसार अक्टोबर महिनामा सबैभन्दा बढी १ लाख ४३ हजार ८ सय ७० जना विदेशी पर्यटक नेपाल घुम्न आएको तथ्याङ्कमा देखिएको छ ।

यसैगरी सबैभन्दा कम जुलाई महीना ६५ हजार ७४९ जना विदेशी पर्यटक नेपाल घुम्न आएकाको तथ्याङ्क बोर्डले जनाएको छ ।

बिदेशी पर्यटकहरुका लागी विशेष गरी अक्टोबर, नोभम्बर र डिसेम्बर महीना नेपाल घुम्नको लागी राम्रो मानिने बोर्डको तथ्याङ्कले बताँउछ ।

बोर्डको बिगतको तथ्यांकलाई नियाल्दा यी ३ महिनाहरुमा १ लाख भन्दा बढीको संख्यामा विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । यो समयमा अंग्रेजी नयाँ बर्ष लगायतका पर्वहरू पर्ने हुँदा यो समयमा बढी मात्रमा विदेशी पर्यटक नेपाल आउने गर्छन् ।

त्यस्तै अघिल्लो बर्ष ११ लाख ७३ हजार ०७२ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । आगामी वर्ष नेपाल सरकारले नेपाल पर्यटन वर्ष २०२० भम्रण बर्ष बनाउदै छ ।

करीब १२ लाख पर्यटक भित्रीने नेपालमा पर्यटन वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने नेपाल सरकारको लागी चुनौती पुर्ण देखिन्छ ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार औषतमा बार्षिक १० लाख बढी विदेशी पर्यटक नेपाल घुम्न आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ अर्थमन्त्रीले सदनमा प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकताको पूर्ण पाठ

नेप्से परिसूचक १० अङ्कले घट्यो

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

तिजी पर्वले लोमान्थाङमा पर्यटक चहलपहल बढ्यो

भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ७७ हजार राजस्व सङ्कलन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

‘डिजिटल’ अर्थतन्त्र र सुशासन केन्द्रित बजेट ल्याइने

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

रुपन्देही पर्यटकीय ‘हब’ बन्दै, होटल क्षेत्रमा उच्च लगानी