
काठमाण्डौं: पछिल्लो १० महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या १० लाख पुगेको छ ।
नेपाल टुरिजम बोर्डको तथ्यांक अनुसार सन् २०१९ को अक्टोबरसम्म ९ लाख ७५ हजार ५५७ विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।
बोर्डको तथ्याङ्क अनुसार अक्टोबर महिनामा सबैभन्दा बढी १ लाख ४३ हजार ८ सय ७० जना विदेशी पर्यटक नेपाल घुम्न आएको तथ्याङ्कमा देखिएको छ ।
यसैगरी सबैभन्दा कम जुलाई महीना ६५ हजार ७४९ जना विदेशी पर्यटक नेपाल घुम्न आएकाको तथ्याङ्क बोर्डले जनाएको छ ।
बिदेशी पर्यटकहरुका लागी विशेष गरी अक्टोबर, नोभम्बर र डिसेम्बर महीना नेपाल घुम्नको लागी राम्रो मानिने बोर्डको तथ्याङ्कले बताँउछ ।
बोर्डको बिगतको तथ्यांकलाई नियाल्दा यी ३ महिनाहरुमा १ लाख भन्दा बढीको संख्यामा विदेशी पर्यटक नेपाल घुम्न आएका छन् । यो समयमा अंग्रेजी नयाँ बर्ष लगायतका पर्वहरू पर्ने हुँदा यो समयमा बढी मात्रमा विदेशी पर्यटक नेपाल आउने गर्छन् ।
त्यस्तै अघिल्लो बर्ष ११ लाख ७३ हजार ०७२ जना विदेशी पर्यटक नेपाल घुम्न आएका थिए । आगामी वर्ष नेपाल सरकारले नेपाल पर्यटन वर्ष २०२० भम्रण बर्ष बनाउदै छ ।
करीब १२ लाख पर्यटक भित्रीने नेपालमा पर्यटन वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने नेपाल सरकारको लागी चुनौती पुर्ण देखिन्छ ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार औषतमा बार्षिक १० लाख बढी विदेशी पर्यटक नेपाल घुम्न आउने गर्दछन् ।