सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

त्रिभुवन विश्वविद्यालय (आईसीएमएस) र जापान कानागावा विश्वविद्यालय बीच सम्झौता

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिज (आईसीएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरगत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्तरगत इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजबीच सम्झौता भएको हो ।
आईसीएमएसले काठमाडौंमा पत्रकार सम्मेलन गरी सम्झौताबारे जानकारी गराएको हो ।

समझदारी अनुसार, इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेन्ट स्टडिजमा संकट व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत विद्यार्थी तथा प्रोफेसरहरुले जापान गएर अध्ययन अध्यापन गर्न सक्नेछन् ।

पत्रकार सम्मेलनमा कलेजका संस्थापक सदस्य डाक्टर गंगालाल तुलाधरले सम्झौताले अध्ययन कार्यक्रम साटासाटको साथै संकट व्यवस्थापनका विषयमा संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्न सजिलो हुने बताएका छन् ।

डाक्टर तुलाधरले कलेजले विद्यावारिधी पनि सुरु गरेको र जापानमा गएर विद्यावारिधी गर्न चाहनेका लागि सम्झौताले बाटो खुल्ला गरेको बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त आईसिएमएसले संकट व्यवस्थापन विषयमा अध्ययन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिन्डानाओ स्टेट विश्वविद्यालयमा विस्फोट हुँदा चार जनाको मृत्यु

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’ : शिक्षा राज्यमन्त्री प्रमिला कुमारी

काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

प्रादेशिक गुरुकुल विद्यालय भवन बनाउन महायज्ञ

गणेश माविमा प्लस टु सञ्चालनका लागि चन्दा सङ्कलन अभियान

गरुवा आधारभूत विद्यालयका विद्यार्थी बोकेको बस ब्रेक फेल भएर दुर्घटना

स्कुल बसको ठक्करबाट २ जनाको मृत्युपछी स्थानीयले लगाए बसमा आगो

तेह्र विद्यार्थी पढाउन छ जना शिक्षक

चिया प्रविधिको पढाइ सुरु

भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन

बैग्लौरका स्कुलहरू बमले उडाउने धक्की, बम डिस्पोजल टोली स्कुलमा

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन