काठमाण्डौँ: प्रतिबन्धित नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लव पुत्र प्रकाश चन्दले एक प्रेश विज्ञप्ती जारी गरी हतियार सहित प्रहरीले आफुलाई फसाउन खोजेको आरोप लगाएका छन् ।
चिकित्सा शिक्षा सङ्घर्ष समितिका संयोजक समेत रहेका विप्लव पुत्र प्रकाशले प्रहरी र प्रशासन मिलेर होस्टलमा हतियार राखी तस्बिर खिचाएर विद्यार्थीलाई फसाउन खोजेको र सरकारले मेडिकल माफियाको स्वार्थमा फसेर विद्यार्थी र अभिभावकको घाँटी रेटिरहेको विज्ञप्ती मार्फत बताएका छन् ।
चन्दले आइतबार जारी गरिएको विज्ञप्तिमा भनिएको छः ‘राज्य विद्यार्थीलाई न्याय दिनुको साटो आज डरलाग्दो षड्यन्त्र सहित विद्यार्थी, अभिभावक र जनता विरुद्ध मेडिकल माफियाको संरक्षणका खातिर आफ्नो घिनलाग्दो नाङ्गो हस्तक्षेपमा उत्रिएको आरोप लगाईएको छ ।
संयोजक चन्दले आईतबार जारी गरेको प्रेश विज्ञप्तिको पूर्ण अंशः

