
काठमाण्डौं: पाटे बाघको छाला सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।
बाघको छाला बेचबिखन भइरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको हो ।
तीन वटा मोटरसाइकलमा सवार ६ जनाले धादिङको वालसिङबाट हाईवेतर्फ लैजादै गरेको बाघको छालासहित धादिङको गजुरीस्थित चालिसेबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा धादिङ गजुरी-३ का ३८ वर्षीय भाईराम प्रजा, २१ वर्षीय ज्ञानबहादुर बि.क., ३४ वर्षीय राजेन्द्र तामाङ, गजुरी ४ का २५ वर्षीय आशिष तामाङ रहेका छन् ।
यसैगरी बेनिघाट रोराङ गाउँपालिका-२ का ५७ वर्षीय सन्त तामाङ र बेनिघाट रोराङ गाउँपालिका ३ का २१ वर्षीय राजकुमार तामाङलाई पनि प्रहरीले पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुको साथबाट ७ फिट २ इन्च लम्बाई, १ फिट ३ इन्च चौडाई भएको पाटे बाघको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।