सदाबहार खबरको रफ्तार ....
जेठ ५, २०८३ मंगलबार
May 19, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

७ फिट २ इन्च लामो पाटे बाघको छाला सहित ६ जना पक्राउ

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: पाटे बाघको छाला सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ ।

बाघको छाला बेचबिखन भइरहेको विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले ६ जनालाई नियन्त्रणमा लिएको हो ।

तीन वटा मोटरसाइकलमा सवार ६ जनाले धादिङको वालसिङबाट हाईवेतर्फ लैजादै गरेको बाघको छालासहित धादिङको गजुरीस्थित चालिसेबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धादिङ गजुरी-३ का ३८ वर्षीय भाईराम प्रजा, २१ वर्षीय ज्ञानबहादुर बि.क., ३४ वर्षीय राजेन्द्र तामाङ, गजुरी ४ का २५ वर्षीय आशिष तामाङ रहेका छन् ।

यसैगरी बेनिघाट रोराङ गाउँपालिका-२ का ५७ वर्षीय सन्त तामाङ र बेनिघाट रोराङ गाउँपालिका ३ का २१ वर्षीय राजकुमार तामाङलाई पनि प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुको साथबाट ७ फिट २ इन्च लम्बाई, १ फिट ३ इन्च चौडाई भएको पाटे बाघको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पशुपालक महिलाको सम्मेलन काठमाडौँमा

चितवनमा याक चिज

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने पूर्वानुमान

‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

बेनीलाई कटान र बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय