सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उर्जा मन्त्री पुन र चीनिया राजदुत होउ यान्छीबिच भेटवार्ताः चीनिया युनान प्रान्तका गभर्नरको नेपाल भ्रमण हुने जानकारी

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: चिनियाँ राजदूत होऊ याङछी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन बीच भेटवार्ता भएको छ ।

आइतबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तामा आपसी हितका साथै दुई देशबीच गर्न सकिने सहकार्यका विषयमा छलफल भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले चीन सरकारले ६० मेगावाट क्षमता भएको अपर त्रिशुली ए जलविद्युत् आयोजना भर्खरै सम्पन्न भएको भन्दै त्यसमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उर्जामन्त्री पुनले गत महिना भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमण ऐतिहासिक रुपमा सम्पन्न भएको र उक्त भ्रमणका क्रममा नेपाल-चीनबीच एक वर्षभित्र ऊर्जा र जलविद्युतको क्षेत्रमा सहकार्यको योजना बनाई कार्यान्वयन गर्ने समझदारी भएको स्मरण गराएका हुन ।

उनले दुवै देशबीच भएका समझदारीलाई अघि बढाउन संयन्त्रको दोस्रो बैठक छिट्टै आयोजना हुने विश्वास व्यक्त गरेका छन् ।

चिनियां राष्ट्रपति नेपाल भ्रमणका क्रममा सम्झौतमा भएको तमोर र माडी जलविद्युत आयोजनाको काम अघि बढिरहेको भन्दै छिट्टै त्यसले मुर्त रुप पाउने मन्त्री पुनको भनाइ थियो ।

मन्त्री पुनले सुनकोशी मरिन डाइभर्सन परियोजनामा चिनियाँ ऋण सहयोगका लागी अर्थ मन्त्रालय मार्फत प्रक्रिया सुरु भएको भन्दै त्यसलाई छिटो अघि बढाइदिन चिनियाँ राजदूतको ध्यानाकर्षण गराएका छन।

उनले पछिल्लो समय नेपालको जलविद्युत क्षेत्रमा लगानीका लागी चिनियाँ लगानीकर्ताहरुको संख्यामा वृद्धि भइरहेको भन्दै सरकार र मन्त्रालयले पूर्ण रुपमा सहजीकरण गरिरहेको बताएका छन।

भेटमा चिनियाँ राजदूत यान्छीले चीन ऊर्जा क्षेत्रमा सहकार्यका लागि इच्छुक रहेको धारणा राखेकी छिन् ।

उनले चिनियाँ कामदारले व्यहोरिरहेका भिसाको समस्या, लगानीकर्ताका नीतिगत समस्या र बिजुलीको दररेट जस्ता समस्या समाधानमा ऊर्जामन्त्रीले खेलेको भूमिकाको प्रशंसा गरेकी छन् ।

चिनियाँ राजदूत यान्छीले ऊर्जामन्त्री पुनलाई चीनबाट युनान प्रान्तका गभर्नरको नेपाल भ्रमण हुन लागेको जानकारी दिँदै त्यस क्रममा ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको धारणा राखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्तरराष्ट्रिय परिवार दिवस आज मनाइँदै

पूर्वगृहमन्त्री गुरुङका सम्बन्धमा छानविन गर्न समिति गठन

राष्ट्रियसभाः विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछः अर्थमन्त्री वाग्ले

पुँजीगत खर्चको एक प्रतिशत ‘अनुसन्धान र विकास’मा छुट्याउन आग्रह

‘संविधान कार्यान्वयन, सङ्घीयता सवलीकरण र नागरिकमैत्री शासन सरकारको प्राथमिकता हुनुपर्छ’

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण, पर्यटन प्रवद्र्धन र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

मधेसमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड

विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै

सभामुखसमक्ष प्रतिनिधिसभा सचिवको शपथ

आगलागी, सर्पदंश र किसानका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण