
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौ: कङ्गोको गोमा शहरमा टेक अफ गरेको जहाज केही मिनेटमै दुर्घटनाग्रस्त भएको छ ।
विमानस्थलबाट ३५० किलोमिटर पर बेनीको लागि उडेको जहाज केही मिनेटमै दुर्घटनाग्रस्त भएको त्यहाँका स्थानियले बिबिसीलाई बताएका छ्न् ।
उक्त डोर्नियन-२२८ नामक निजी कम्पनी बिजि बीको जहाजमा १६ जनायात्रु र दुई चालक दल सवार थिए ।
सो जहाज स्थानीय वस्तीको घर माथि दुर्घटना हुन पुगेको र दुर्घटनामा कतिले ज्यान गुमाए भन्ने बारे कङ्गो सरकारले नखुलाएको बिबिसीले जनाएको छ ।