
काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार पुनः ग्राण्डी अस्पतालमा चेकअप गरेका छन् ।
उनि मृगौलाको नियमित डायलाइसिसका लागि आईतबार अपरान्ह सवा चार बजे धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल पुगेका थिए । करिब सवा पाँच घण्टाको डायलासिस पश्चात प्रधानमन्त्री बालुवाटार फर्किएका हुन् ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणमा क्रिटिनिनको मात्रा बढेको देखिएपछि हेमोडायलाइसिस गरिएको हो ।
आइतबार गरिएको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको रगतमा क्रिटिनिनको मात्रा ६ पुगेको छ । चिकित्सकका अनुसार ओलीलाई नियमित डायलाइसिसको आवश्यकता पर्ने छैन ।
पछिल्लो समय प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलसिस ग्राण्डी अस्पतालमा हुँदै आईरहेको छ । डायलसिस प्रक्रिया बाहेक अन्य विकल्पको बारेमा समेत प्रधानमन्त्रीका चिकित्सकहरुले छलफल गरिरहेका छन् ।
ओलीले यस अघि गत १३ कात्तिकमा आकस्मिक रुपमा अल्ट्रा फिल्ट्रेसन गरेका थिए । त्यसयता उनको यो चाैथो पटक डायलाईसिस गरिएको हो । चिकित्सकहरुले उनलाई डायलाईसिस उत्म विकल्प नभएको भन्दै प्रत्यारोपणमा जान सुझाव दिएका छन् ।
१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसबीचमा दुईपटक सिंगापुर पुगेर उपचार गराइसकेका छन् ।