सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रधानमन्त्रीको चाैथोपटक होमो डायलाइसिस सम्पन्न

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार पुनः ग्राण्डी अस्पतालमा चेकअप गरेका छन् ।

उनि मृगौलाको नियमित डायलाइसिसका लागि आईतबार अपरान्ह सवा चार बजे धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल पुगेका थिए । करिब सवा पाँच घण्टाको डायलासिस पश्चात प्रधानमन्त्री बालुवाटार फर्किएका हुन् ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणमा क्रिटिनिनको मात्रा बढेको देखिएपछि हेमोडायलाइसिस गरिएको हो ।

आइतबार गरिएको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको रगतमा क्रिटिनिनको मात्रा ६ पुगेको छ । चिकित्सकका अनुसार ओलीलाई नियमित डायलाइसिसको आवश्यकता पर्ने छैन ।

पछिल्लो समय प्रधानमन्त्रीको मिर्गौलाको नियमित डायलसिस ग्राण्डी अस्पतालमा हुँदै आईरहेको छ । डायलसिस प्रक्रिया बाहेक अन्य विकल्पको बारेमा समेत प्रधानमन्त्रीका चिकित्सकहरुले छलफल गरिरहेका छन् ।

ओलीले यस अघि गत १३ कात्तिकमा आकस्मिक रुपमा अल्ट्रा फिल्ट्रेसन गरेका थिए । त्यसयता उनको यो चाैथो पटक डायलाईसिस गरिएको हो । चिकित्सकहरुले उनलाई डायलाईसिस उत्म विकल्प नभएको भन्दै प्रत्यारोपणमा जान सुझाव दिएका छन् ।

१३ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले यसबीचमा दुईपटक सिंगापुर पुगेर उपचार गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्छ: राष्ट्रपति

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति

साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति

समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्था अन्त्य हुनुपर्छ : राष्ट्रपति

संविधान संशोधन– गाउँसभादेखि कार्यकारी राष्ट्रपतिसम्मका विषय बहसमा

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

भूमिहीनका लागि स्थायी समाधानमा सरकार सक्रिय : प्रधानमन्त्री

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

राष्ट्रपति पाैडेलले जारी गरे थप तीन अध्यादेश

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति