सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दुई राप्रपाका अध्यक्षद्धारा चुनावको मुखैमा एकअर्का उम्मेदवारलाई सहयोग गर्न ह्वीप

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपति/प्रकाशचन्द्र नेतृत्वको राप्रपा (संयुक्त) ले आफ्ना उम्मेदवार नभएका निर्वाचन क्षेत्रमा एकअर्काको उम्मेदवारलाई सहयोग गर्न ह्वीप जारी गरेका छन् ।

राप्रपा अध्यक्ष थापाले शनिवार सामाजिक सञ्जाल (ट्वीट) मार्फत् आफ्ना कार्यकर्ता तथा समर्थकलाई राप्रपाको उमेदवार नभएका स्थानमा राप्रपा (संयुक्त)को पक्षमा प्रचार प्रशार तथा मतदान गर्न आह्वान गरेपछि, आइतवार राप्रपा (संयुक्त) का अध्यक्ष राणाले जवाफी ह्वीप मार्फत आफ्नो पार्टी पंक्तिलाई त्यस्तै आह्वान गरेका हुन् ।

मंसिर १४ गतेको उपनिर्वाचन आउन एक साता समय बाँकी रहेको सन्दर्भमा राप्रपा अध्यक्षको ट्विटको स्वागत गर्दै सो उपनिर्वाचनमा राप्रपा (संयुक्त) को उमेदवारी नपरेका ठाउँहरुमा राप्रपाका अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षका उमेदवारहरुलाई सक्रीय रुपमा सघाउन राप्रपा (संयुक्त) का सबैलाई आग्रह गर्दछु,’ राणाले आइतबार ट्विटरमा घोषणा गरेका छन् ।

यसअघि शनिवार थापाले आफ्नो ट्विटमा लेखेका थिए, ‘राप्रपाको उमेदवार नभएका स्थानमा आगामी उपचुवावमा समान बिचारधारा भएको राप्रपा ‘संयुक्त’ को पक्षमा प्रचार गर्न र मतदान गर्न म राप्रपाका कार्यकर्ता,सहयोगी र समर्थकहरुलाई आह्वान गर्दछु। यस्तै सद्भाव, सहयोग राप्रपा ‘संयुक्त’बाट प्राप्त हुने आशा र बिश्वास गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नेकपा एसको मेची-महाकाली अभियान असोज १४ देखि

एमाले बागमती प्रदेश अधिवेशनको बन्दसत्र सुरु

राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्छ : महामन्त्री शर्मा

लोसपा केन्द्रीय समितिले पायो पूर्णता

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : अध्यक्ष ओली

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल

ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु

लोसपाको शीर्ष नेताहरूको बैठक बस्दै

काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै

एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आज

माओवादी नेताहरुद्वारा म्याग्दीको डाँडागाउँमा श्रमदान गरेर सडक मर्मत

गण्डकी एमाले अधिवेशन असोज १५ र १६ गते