सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अख्तियारद्धारा यातायातका कार्यालयका प्रमुख सहित ३८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले तात्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेल, हाल अवकाशप्राप्त इन्जिनियर वासुदेव पोखरेल, प्रहरी निरीक्षक मुरारी मिश्र, तत्कालीन प्रहरी निरीक्षक (हाल प्रहरी नायब उपरीक्षक) नवराज थापा, शाखा अधिकृतहरू राममणि पोखरेल, ईश्वरराज रेग्मी, शम्भुप्रसाद थपलिया, धर्मराज ढुंगाना (हाल उपसचिव), बाबुलाल रेग्मी (हाल उपसचिव) लगायत विरुद्ध मुद्दा दायर गरेको आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालयले २०६९ वैशाख, जेठ र असारमा सञ्चालित प्रयोगात्मक परीक्षामा अनुत्तीर्णलाई पनि उत्तीर्ण गराएको आरोपमा अख्तियारले आरोपपत्र दायर गरेको हो ।

सवारी चालक अनुमतिपत्रमा अनुत्तीर्ण भएका १ हजार २ सय ८४ जनालाई लेनदेन गरेर लाइसेन्स दिएको अनुसन्धानमा खुल्न आएपछि अख्तियारले आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण

लोकतन्त्रको संरक्षणमा सञ्चारकर्मी चनाखो हुनुपर्छ : अध्यक्ष शर्मा

प्रतिपक्षीको विरोधका कारण बैठक अवरुद्ध भएपछि १५ मिनेटलाई स्थगित

आयोजना बैंकका योजना मात्र बजेटमा समेटिने : मुख्यमन्त्री आचार्य

कोशी प्रदेश लोकसेवा आयोगमा दुई नयाँ सदस्य नियुक्त

प्रतिनिधिसभाः प्रविधि विकासका लागि बजेट निनियोजन गर्न माग

प्रतिनिधिसभाः हुम्ला र बाजुराको सीमा विवाद समाधान खोज्न सरकारसँग माग

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

प्रसाईं पक्राउबारे लिखित जवाफ माग

धार्मिक पर्यटकीयस्थलका रुपमा सुनसरी क्षेत्रः मुख्यमन्त्री कार्की

मधेस प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकार रहन्छ : सभापति थापा

‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान