
काठमाण्डौः प्रतिबन्धित नेकपा विप्लव समुहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका-४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीये सञ्जु चौधरी रहेका छन् ।
विप्लवका कार्यकर्ताले बर्दियाको बाँसगढी नगरपालिका-३ भगराचोक र सिजी प्रालिको मूलढोकामा शनिवार राति प्रचार सामग्री टाँसिरहेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेट समेत प्रहरीले बरामद गरेको जनाएको छ ।