सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रचार सामग्री सहित विप्लवका जिल्ला नेता पक्राउ

२०७६ मंग्सिर ८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिबन्धित नेकपा विप्लव समुहका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका-४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीये सञ्जु चौधरी रहेका छन् ।

विप्लवका कार्यकर्ताले बर्दियाको बाँसगढी नगरपालिका-३ भगराचोक र सिजी प्रालिको मूलढोकामा शनिवार राति प्रचार सामग्री टाँसिरहेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेट समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३ को थालनी

‘सुपर घलेम्दी’ जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

टर्किस एयरलाइन्स विमानको टायरमा आगलागी

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलर निर्वाचित

डेङ्गी सङ्क्रमण बढ्दै, सतर्कता अपनाउन आग्रह

खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव

नारायणगढ-मुग्लिन सडक अवरुद्ध

मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु