काठमाण्डौः कूटनीतिक आचारसंहिता विपरीत गोप्य रूपमा भारतीय दूतावास गएका सशस्त्र प्रहरीका डिआइजी प्रवीण श्रेष्ठमाथि गृह मन्त्रालयले छानबिन थालेको छ ।
डिआइजी श्रेष्ठ गत ६ मंसिरको दिउँसो बा.२झ २३९० नम्बरको सरकारी गाडी चढेर लैनचौरस्थित दूतावास पुगेका थिए । पौने ३ बजे दूतावास छिरेका उनी ४ बजे निस्किएको गृह मन्त्रालय स्रोत बताउँछ । यस विषयमा आइतबार गृह मन्त्रालयका उच्च अधिकारीबीच छलफल भएको छ ।
सचिव प्रेमकुमार राईले डिआइजी श्रेष्ठमाथि छानबिन सुरु भएको पुष्टि गरे । स्रोतका अनुसार उनलाई स्पष्टीकरण सोध्ने तयारी भएको छ । यो खबर नयाँ पत्रिकामा प्रकाशित भएको छ ।
