काठमाण्डौ: त्रिचन्द्रका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने माथी कुटपिट भएको छ ।
सोमबार बिहान क्याम्पसभित्र प्रवेश गर्ने वित्तिकै विद्यार्थीको हुलले न्यौपानेमाथि निर्घात कुटपिट गरेको हो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार अनेरास्ववियू निकट मनराज थापा र गोविन्द थपलिया सो आरोपमा पक्राउ परेका छ्न् ।
अहिले कुटपिटमा संलग्न दुवैजनामाथि महानगरीय प्रहरी वृत्त, दरबारमार्गले अनुसन्धान गरिरहेको जनाएको छ ।
त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थीहरुका अनुसार कलेजमा विज्ञान संकायको शुल्क बढाएपछि नेविसंघ, अनेरास्ववियू लगायतका विद्यार्थी संगठन आन्दोलतनरत् थिए ।
सोही क्रममा उक्त घटना सार्वजनिक भएको हो ।
प्रहरीका अनुसार क्याम्पस प्रमुख न्यौपानेको हातमा चोट लागेको जनाइएको छ ।
निजको वीर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
