सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अवैध शुल्क फिर्ता गर्न गृहमन्त्रालयको मेडिकल कलेजहरूलाई २४ घण्टे अल्टिमेटम

२०७६ मंग्सिर ९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः सरकारले मेडिकल कलेजहरूलाई अवैध शुल्क फिर्ता गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

अघिल्लो पटक २४ कात्तिकमा दिइएको १५ दिनको अल्टिमेटम सकिँदासम्म कुनै पनि मेडिकल कलेजले अवैध शुल्क फिर्ता नगरेपछि सरकारले पुन २४ घण्टे अल्टिमेटम दिएको हो ।

सोमबार अपरान्ह गृहमन्त्रालय सिंहदरबारमा सरोकारवाला मन्त्रीहरू, महान्यायाधिवक्ता, प्रहरी प्रमुखलगायतको उपस्थितिमा भएको छलफलपछि सरकारले अन्तिम चेतावनी स्वरूप अतिरिक्त समय दिएको हो ।

गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतका सरोकारवाला प्रतिनिधीहरू सहभागी रहेका थिए ।

सरकारले अल्टिमेटम सहित एक्सनमा आउने चेतावनी दिएपछि महिनौँदेखि अटेरी गरेर बसेका मेडिकल कलेज सञ्चालकहरूले अतिरिक्त असुलिएको शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । उनीहरूले लिखित प्रतिबद्धताका लागि मंगलबार सम्मको समय माग गरेपछि सरकारले २४ घण्टाको समय दिएको स्रोतको दावी छ ।

देशभरका मेडिकल कलेजका विद्यार्थी पठन-पाठन ठप्प पारेर अवैध शुल्क फिर्ताका लागि आन्दोलनरत छन् । देशभरका मेडिकल कलेजहरूले ३ वर्षको बीचमा ३ अर्बभन्दा बढी विद्यार्थीबाट ठगी गरेको प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्रले प्रधानमन्त्रीसमक्ष बुझाइसकेको छ ।

गतवर्षको मन्त्रिपरिषद बैठकले बढी शुल्क लिएमा कलेज विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’

सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति

महादेवटार सुरुङ ‘ब्रेक थ्रु’

राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

कार्तिक शुक्ल षष्ठीः राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घदान

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा सर्वोच्चका लागि चार न्यायाधीश नियुक्त

महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा गाई पूजा