काठमाण्डौः गृह मन्त्रालयले २४ घण्टा भित्र अतिरिक्त शुल्क फिर्ता नगरे कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएपश्चात मेडिकल कलेज सञ्चालकहरुको बैठक बिनानिश्कर्ष टुंगिएको छ ।
मेडिकल कलेज सञ्चालकहरुको सोमबार साँझ सानेपा ललितपुरमा बसेको बैठकमा अतिरिक्त शुल्क समायोजन गर्ने बिषयमा मेडिकल कलेज सञ्चालकहरु बिच सहमति जुट्न नसक्दा उक्त बैठक मंगलबार बिहान आठ बजे बस्नेगरी टुंगिएको हो ।
अतिरिक्त शुल्क समायोजन गर्ने बिषयमामा मंगलबार १२ बजेसम्म शिक्षा मन्त्रालयमा खाका बुझाउने सहमति गरेका सञ्चालकहरूबिच मत बाझिएपछि बैठकले ठोस निस्कर्ष तय गर्न नसकेको बैठकमा सहभागी एक कलेज सञ्चालक सदस्यको दावी छ ।
सहभागी सदस्यका अनुसार बैठकमा एउटा समूहले सरकारले भने बमोजिम दुई बर्षको शुल्क समायोजन गरि समस्या समाधान गरौँ भन्ने मत राखेपनि अर्को समुहले सरकारले धम्काउँदैमा त्यसरी लत्रिन नहुने भन्दै बरु गिरफ्तार दिन तयार हुनुपर्ने मत राखेपछि सोमबारको बैठकमा सहमति हुन नसकेको हो ।
