काठमाण्डौ: सत्तारुढ समाजबादी बिद्यार्थी युनियनले शिक्षा मन्त्रालय र मेडिकल कलेज संचालक बिचमा भएको सहमतिप्रति असन्तुष्टि जनाएको छ ।
बुधबार युनियनका केन्द्रिय अध्यक्ष रुपनारायण श्रेष्ठले प्रेस बिज्ञप्ती जारि गरि उक्त सहमतिबारे संगठनको ध्यान आकर्षण भएको बताएका हुन् ।
जारि बिज्ञप्तीमा भनिएको छ, “समय सिमा नतोकेर अतिरिक्त शुल्क फिर्ता वा समायोजन जे भनेपनी उक्त सहमति भ्रमको पुलिन्दा भएको” भनिएको छ ।
त्यस्तै यसअघि यस्तो सहमति गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजमा भएको तर कार्यान्वयन नभएको देखिएको उल्लेख छ ।
सो पत्रमा सहमति गर्दा प्रमुख सरोकारवाला आन्दोलनरत विद्यार्थीलाई प्रतिनिधित्व नगराउनु विद्यार्थी आन्दोलनलाई अवमुल्यन गरेको र अस्तित्वलाई खारेज गरेको आरोप छ ।
अब माफिया र त्यसको मतियारलाई तह लगाउन निर्णायक आन्दोलन अनिवार्य छ भन्दै आजसम्मको सम्पुर्ण अतिरिक्त लिएको शुल्क हातहातै फिर्ता नगरेसम्म थप आन्दोलन गर्न सरोकारवालाहरु सबैलाई हार्दिक अपिल सहित आग्रह गरिएको छ ।

