काठमाण्डौ: नेपाल चिकित्सक संघको सदस्यता यस बर्ष अघिको तुलनामा दोब्बर देखीएको छ ।
अघिल्लो चार बर्ष पछि सो संख्या १० हजार ६८५ पुगेको हो ।
आगामी माघमा संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति (२०७६ -०७९ कार्यकालका लागि ) निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि सदस्य मात्रै मतदाता बन्ने प्रावधान छ ।
चार बर्ष अघि निर्वाचन हुँदा सदस्यता संख्या ५ हजार ३०३ थियो । यसपटक १० हजार ६८५ पुग्यो । त्यसैले मतदाता संख्या त दोब्बर भन्दा बढी भए,’ प्रमुख निर्वाचन अधिकृत डा बाबुराम मरासिनीले भने ।
यसअघि निर्वाचन समितिले १४ मंसिरसम्म सदस्यता बनेकाले मात्र आगामी निर्वाचनमा सहभागी हुन पाउने बताएको थियो ।
यसपाली पनि संघमा नेपाली कांग्रेस निकट चिकित्सकहरुको समूह प्रजातान्त्रिक र नेकपा निकट चिकित्सकहरुको समूह प्रगतिशीलबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।
यसपटक प्रजातान्त्रिक समूहबाट डा लोचन कार्की र प्रगतिशील समूहबाट डा पुष्पमणी खरालले अध्यक्षमा उम्मेद्धारी घोषणा गरिसकेका छन् ।
